महिलाको टाउको भित्रबाट डाक्टरले निकाले जिउँदो साङ्लो
चेन्नईमा डाक्टरको समूहले एक महिलाको टाउको भित्रबाट जिउँदो साङ्लो शल्यक्रियामार्फत निकालेका छन् । स्टान्ली मेडिकल कलेज अस्पतालको इएनटी डिपार्टमेन्टका प्रमुख डाक्टर एमएन शंकरले यस्तो घटना आफ्नो ३० वर्षे करियरमा पहिलो भएको बताएका छन् ।
द न्यू इन्डियन एक्सप्रेसके एक रिपोर्ट अनुसार ४२ वर्षीया सेल्वी नामकी महिला पेशागत रुपमा घरेलु कामदार हुन् । ती महिला जब सुतिरहेकी थिइन् तब उनको नाकमार्फत साङ्लो उनको टाउकोमा प्रवेश गर्यो । डाक्टरका अनुसार यदि साङ्लो भित्र मरेको भए महिलाको ज्यान जाने खतरा हुन्थ्यो किनभने महिलाको दिमागमा संक्रमण हुने डर अत्यधिक हुन्थ्यो । साङ्लो नाक र आँखाको बिच भागमा पुगेको थियो ।
स्रोतको अनुसार महिलालाई जब राती समस्या भयो तब उनी नजिकैको क्लिनकमा गइन् तर क्लिनिकले उनलाई सरकारी अस्पताल जाने सुझायो । महिलाका अनुसार क्लिनिकबाट अस्पतालसम्म पुग्न उनलाई निकै समस्या भयो । उनी भन्छिन्, ‘जतिबेला साङ्लो मेरो टाउको भित्र यता–उता गर्दथ्यो तब मलाई थप पीडा हुन्थ्यो । टाउको निकै पोलेको जस्तो महसुस हुन्थ्यो ।’
महिला ठिक समयमा अस्पताल पुगेकोले उनको ज्यान सफल भएकोमा त्यहाँका डाक्टर खुसी भएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विष्णु पक्राउपछि महेश बस्नेतको टिप्पणी, ‘कुखुरा मर्यो भन्दा पनि स्याल पल्कियो’
-
लालीगुराँस र आइडियल यमुना सहकारीका थप ८२ जनाको बचत फिर्ता
-
एसईई पुनर्योगको नतिजा सार्वजनिक
-
आरजुमाथि किन भएन अभियोग दायर ?
-
लखनउको कोचिङ सेन्टरमा भीषण आगलागी, १४ बालबालिकाको मृत्यु
-
बेलायतमा राजनीतिक अस्थिरताः १० वर्षमा सातौँ प्रधानमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण