१२ तस्बिरमा हेर्नुहोस् चूडामणिको घरमा विप्लवका कार्यकर्ताको ‘एक्सन’ : तत्काल प्रहरीकाे 'रियाक्सन'
काठमाडौं– विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले भ्रष्टाचारको अभियोग लागेका आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक चुडामणि शर्माको घरमा मंगलबार तोडफोड गरेका छन् ।
बुढानिलकण्ठ नगरपालिका वडा नम्बर २२ स्थित महादेव खोला टोलमा रहेको शर्माको घरमा विप्लवका कार्यकर्ताले तोडफोड गरेका हुन् । ५०–६० जनाको संख्यामा रहेका विप्लवका कार्यकर्ताले गेटमा कालो झण्डा राख्दै घरमा ढुंगामुडा गरेर भागेका थिए ।
विप्लवका कार्यकर्ताले शर्मालाई 'दलाल र भ्रष्ट' भन्दै घरतिर ढुंगा बर्साएका थिए । करीब ५ मिनेट नाराबाजीसहित शर्माको घरमा ढुंगा बर्साएपछि विप्लवका कार्यकर्ता भागेका थिए । विप्लवका कार्यकर्ता त्यहाँबाट भागेकाे २० मिनेटपछिमात्रै प्रहरी पुगेको थियो । तोडफोडबाट घरका सिसाहरु फुटेका छन् ।
कर फछ्र्यौट आयोगबाट २० अर्ब रुपैयाँ उन्मुक्तिदेखि एनसेल बिक्री करमा छुट लगायत विवादीत मुद्दामा पक्राउ परेका शर्मा केहि पहिले धरौटीमा रिहा भएका थिए भने अख्तियारले फेरि भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
यसैबीच प्रहरीले घटनामा संलग्न भएको आशंकामा ४२ जनालाई बूढानिलकण्ठ क्षेत्रबाट पक्राउ गरेको छ । महानगरीय प्रहरी बृत्त महामराजगन्जका इन्सपेक्टर दिनेश भण्डारीले १४ महिला र २८ पुरुष पक्राउ परेको जानकारी दिए ।
भिडियाे हेर्नुहाेस्
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सबैको साझा नेता बन्न चाहन्छुः सहमहामन्त्री आचार्य
-
‘अहिले पनि बजेट हेरफेर गरिरहेको गाइँगुइँ छ’
-
शङ्कास्पद शैक्षिक प्रमाणपत्रहरूमाथि ‘अपरेसन’
-
काठमाडौँ महानगरपालिका : नीति कार्यक्रममाथि आजदेखि छलफल सुरु
-
अनमोलसँगको तस्बिर शेयर गर्दै सुस्मिताले भनिन्, ‘मेरो कानुनी पहिचान छोरामार्फत पाएँ’
-
नियन्त्रणमा रहेको भूमिबाट पछि नहट्ने इजरायलको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण