युट्युबमा भिडियो हेरेर आफ्नै क्लिनिक खोल्ने यी नक्कली दन्त चिकित्सक
यो समाचार पढ्दा लाग्छ कि दन्त चिकित्सक बन्न निकै सजिलो छ । मलेसियाको क्वातानका २५ वर्षीय मोहम्मद इर्वान मोहद सुदीले युट्युब भिडियो र दाँतसँग सम्बन्धि म्यागजिन पढेरै आफ्नो क्लिनिक खोलेका छन् जसमा उनले उपचारका विभिन्न पद्धती अपनाउने गर्दछन् ।
लाइसेन्सधारी दन्त चिकित्सक बन्नका लागि ६ वर्ष डेन्टल स्कूलमा पढ्नुको साटो उनले दाँत निकाल्ने, सफा गर्ने, ब्रेसेज हाल्नेजस्ता उपचार पद्धती युट्युब र म्यागजिन हेरेरै सिके । उनले यसको लागि कति समय खर्च गर्नुपर्यो भन्ने विषयमा केही जानकारी नभएपनि उनी यति आत्मविश्वासी भए कि उनले अवैधानिक डेन्टल क्लिनिक नै खोले ।
इर्वानलाई आफ्नो यो ठगीको धन्धा धेरैदिनसम्म नचल्ने थाहा थियो त्यसकारण उनले गत वर्षको डिसेम्बरमा यसलाई बन्द गरिदिने सोच बनाए । तर आफ्नो झुठो व्यवसायलाई गुपचुपमा नै बन्द गराउने उनको सोचले हावा खायो । उनका एक ग्राहकले उनी सक्कली डाक्टर नभएको पत्ता लगाएपछि उनीबारे पुलिसमा ऊजुरी हालिदिए । पुलिसले उनको ढोका ढक्ढकाउँदा बुझाउनुपर्ने आवश्यक कागजात उनीसँग थिएन जसका कारण उनलाई ९ हजार डलरको जरिवाना तोकियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विष्णु पक्राउपछि महेश बस्नेतको टिप्पणी, ‘कुखुरा मर्यो भन्दा पनि स्याल पल्कियो’
-
लालीगुराँस र आइडियल यमुना सहकारीका थप ८२ जनाको बचत फिर्ता
-
एसईई पुनर्योगको नतिजा सार्वजनिक
-
आरजुमाथि किन भएन अभियोग दायर ?
-
लखनउको कोचिङ सेन्टरमा भीषण आगलागी, १४ बालबालिकाको मृत्यु
-
बेलायतमा राजनीतिक अस्थिरताः १० वर्षमा सातौँ प्रधानमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण