सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

एउटा यस्तो विज्ञापनः ‘नग्न भएर काम गर्ने महिला कामदार चाहियो, घण्टाको ६ हजार बढि तलब’

मङ्गलबार, २५ माघ २०७३, १५ : ३१
मङ्गलबार, २५ माघ २०७३

लण्डनको ‘नेचुरिष्ट क्लिनर्स’ नामक कम्पनीले नग्न भएर घर सफा गर्ने महिला कर्मचारीको खोजी गरिरहेको छ । नीजि घरमा सफा गर्नका लागि ती महिला कामदारले चप्पल र सफा गर्ने पञ्जाबाहेक अरु केही लगाउन पाउँने छैनन् र यसो गरेबापत् उनीहरुलाई घण्टाको ५७ डलर (रु. ६ हजारभन्दा बढि) दिइने छ । यसका लागि जुनसुकै उमेर समूह र आकारका महिलाले आवेदन दिन सक्छन् ।

‘हामी महिला ‘नेचुरिष्ट क्लिनर्स’ को खोजीमा छौं जसले नग्न भएर नीजि घर सफा गर्न सक्छन्,’ उक्त जागिरको विज्ञापनमा दिइएको छ । ‘सफा गर्ने, भ्याक्युम लगाउने, बोट बिरुवामा पानी हाल्ने, बेड मिलाउने, वासिङ मेसिन चलाउने, लुगामा आइरन लगाउने र झ्याल–ढोका सफा गर्नुपर्ने छ ।’

घर मालिकले महिला कामदारलाई छुन नपाइने र सफा गरिरहेका बेला फोटो खिच्न नपाइने सर्त मान्नुपर्ने हुन्छ ।

नेचुरिष्ट क्लिनर्स करिब दुई वर्ष पहिले बेलायतमा स्थापना भएको हो । उक्त कम्पनीले बेलायतको अन्य भूभागमा पनि आफ्नो सेवा बिस्तार गर्ने सोच बनाएको बताएको छ । स्वान्सि र साउथ वेल्समा उक्त निकै राम्रो प्रतिक्रिया पाएको कम्पनीका प्रवक्ताले जानकारी दिए । ‘धेरैजसो मानिसहरु यसमा दिइने तलबका कारण आकर्षित छन् । उनीहरुले कति समय काम गर्नुपर्छ भन्ने तोकिएको छैन । यो कामको चाप र कर्मचारीको समयमा निर्भर हुन्छ ।’

एक नग्नवादी ग्राहकले महिला कामदारले काम गरिरहेका बेला आफू नग्न हुन पाउने नपाउने बारे सोधेपछि उनले यसबारे सोचेको कम्पनीकी संस्थापक लाउरा स्मिथले बताइन् । नग्न महिला कामदारको पनि खाँचो रहेछ है भन्ने दिमागमा आएपछि आफूले यसको व्यवसाय सुरु गरेको उनले बताइन् । ‘हामीले यो व्यवसाय दुई वर्ष अघि बेलायतमा सुरु गर्यौं जुन निकै चर्चित भयो त्यसकारण हामी यो बढाउँछौं,’ उनले टेलिग्राफलाई बताइन् । ‘हाम्रो धेरैजसो ग्राहक नग्नवादी हुनुहुन्छ । त्यसकारण मैले महिला कामदार पूर्ण नग्न हुनैपर्ने भन्ने विषयमा जोड दिनैपर्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप