राजविराजको रुपनी रोडमा सकेट बम फेला, गोइत समूहको पर्चा
राजविराज - सप्तरीको राजविराज–५ स्थित रुपनी रोडको छेउमा एउटा विद्यालयको परिसरभित्र सकेट बम फेला परेको छ ।
राजविराज–५ रुपनी रोडमा नै पर्ने लक्ष्मी इङ्गलिस बोर्डिङ स्कुल परिसरभित्र आज विहान सो बम फेला परेको सप्तरीका प्रहरी उपरीक्षक दिवेश लोहनीले बताए ।
त्यहाँ फेला परेको बमलाई निष्क्रिय पार्नका लागि राजविराजस्थित कृष्ण गणबाट नेपाली सेना, जिल्ला प्रहरी कार्यालयबाट नेपाल प्रहरी र सशस्त्र प्रहरी त्यहाँ पुगेको प्रहरी उपरीक्षक लोहनीले जानकारी दिए ।
यसैबीच, बम फेला परेको ठाउँमा जनतान्त्रिक तराई मुक्ति मोर्चा, जयकृष्ण गोइत समूहको पर्चा फेला परेको प्रहरीले बताएको छ । यसअघि मङ्गलबार पनि राजविराज–९ स्थित पिसजोन बोर्डिङ स्कुलको छेउमा बम फेला परेको थियो ।
बढी मूल्यमा पेट्रोल बेच्ने कारबाहीमा
यसैबीच, सप्तरीको देउरीभरुवा–४ स्थित किराना पसलमा बढी मूल्यमा पेट्रोल बिक्री गर्ने व्यवसायी लक्ष्मी यादवलाई प्रहरीले पक्राउ गरी कारबाही गरेको छ ।
केही दिनदेखि सप्तरी जिल्लाको सहरी तथा ग्रामीण बजारमा पेट्रोलियम पदार्थको अभाव भएको परिस्थितिमा व्यवसायी यादवले डिजेल तथा पेट्रोलसमेत राखी बढी मूल्यमा प्रतिलिटर रु एक सय ५० को दरले बिक्री–वितरण गरी कालोबजारी गर्दै आएको फेला परेपछि उनलाई पक्राउ गरिएको प्रहरीनायब उपरीक्षक दानबहादुर कार्कीले बताए ।
साथै, उनको किराना पसलबाट ४५ लिटर पेट्रोल र चार लिटर डिजेलसमेत बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकामाथि कालोबजारी मुद्दा दर्ता गरी थप अनुसन्धान कार्य थालिएको प्रहरीनायब उपरीक्षक कार्कीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण