शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

'संशोधनका चार विषय समस्यारहित'

बुधबार, १८ फागुन २०७३, १३ : २७
बुधबार, १८ फागुन २०७३

भीमदत्तनगर -  भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले संविधान संशोधनका लागि समावेश गरिएका चार विषयमा कुनै समस्या नरहेको बताएका छन् । ।

नेपाली काँग्रेस भीमदत्तनगर कार्यसमितिले आज भीमदत्त नगरपालिका–१२ ऐरीमा आयोजना गरेको कार्यक्रममा मन्त्री लेखकले नेपाली नागरिकसित विवाह गरेर आउने विदेशी महिलालाई दिइने वैवाहिक नागरिकता सीमा हेरफेरलगायतका विषय संविधान संशोधनमा उल्लेख भएको बताउँदै प्रदेश सीमा हेरफेरका विषयमा काँग्रेस र नेकपा एमालेबीच सहमति भएकै आधारमा अघि बढ्न खोजिएको जिकिर गरे ।

काँग्रेस नेता लेखकले आफ्नो दलले संविधानलाई सबै नेपालीको साझा सम्पत्तिका रुपमा सर्वस्वीकार्य बनाउन चाहेको बताए ।

उनले आजै काँगे्रसको भीमदत्तनगरपालिका–१३ र १६ को पार्टी कार्यालय समेत उद्घाटन गरेको काँग्रेस कञ्चनपुरका सचिव दिवाकर पाण्डेयले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप