'संशोधनका चार विषय समस्यारहित'
बुधबार, १८ फागुन २०७३, १३ : २७
भीमदत्तनगर - भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले संविधान संशोधनका लागि समावेश गरिएका चार विषयमा कुनै समस्या नरहेको बताएका छन् । ।
नेपाली काँग्रेस भीमदत्तनगर कार्यसमितिले आज भीमदत्त नगरपालिका–१२ ऐरीमा आयोजना गरेको कार्यक्रममा मन्त्री लेखकले नेपाली नागरिकसित विवाह गरेर आउने विदेशी महिलालाई दिइने वैवाहिक नागरिकता सीमा हेरफेरलगायतका विषय संविधान संशोधनमा उल्लेख भएको बताउँदै प्रदेश सीमा हेरफेरका विषयमा काँग्रेस र नेकपा एमालेबीच सहमति भएकै आधारमा अघि बढ्न खोजिएको जिकिर गरे ।
काँग्रेस नेता लेखकले आफ्नो दलले संविधानलाई सबै नेपालीको साझा सम्पत्तिका रुपमा सर्वस्वीकार्य बनाउन चाहेको बताए ।
उनले आजै काँगे्रसको भीमदत्तनगरपालिका–१३ र १६ को पार्टी कार्यालय समेत उद्घाटन गरेको काँग्रेस कञ्चनपुरका सचिव दिवाकर पाण्डेयले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण