पत्रकार महासङ्घ रसुवामा खतिवडा र धादिङमा छत्कुली
रसुवा – नेपाल पत्रकार महासङ्घ रसुवाको तेस्रो जिल्ला अधिवेशनले हेमनाथ खतिवडाको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
निर्वाचन अधिकृत ऋषि अधिकारीका अनुसार उपाध्यक्षमा प्रेमप्रसाद पौडेल र महिला उपाध्यक्षमा अनु शर्मा, सचिवमा सीमा तामाङ, कोषाध्यक्षमा सूर्यबहादुर थोक्रा, सहसचिवद्वयमा प्रभाकर अधिकारी (खुला) र कमल तामाङ (समावेशी) रहेका छन्। त्यस्तै खुला सदस्यमा सरस्वती न्यौपाने, पूर्णिमा स्याङ्वा, विश्वास नेपाली, महिलातर्फ लक्ष्मी थापा मगर, दलिततर्फ झरना नेपाली र जनजातितर्फ कविता स्याङ्वा रहेका छन् ।
अधिवेशनले केन्द्रीय सभासद्मा बलराम घिमिरे, निराजन पौडेल, हरिप्रसाद गजुरेल, विजया तिवारी र दीपक लामा तथा प्रदेश सभासद्मा राकेश लामा, ठाकुरप्रसाद अधिकारी, हिमनाथ देवकोटा, पविना स्याङ्वा, सरिता लामिछाने र कमला तामाङलाई चयन गरेको छ ।
धादिङ– महासङ्घ धादिङको मङ्गलबार सम्पन्न आठौँ महाधिवेशनबाट बहुमतले नवराज छतकुली ९६ मत प्राप्त गरी पुनःअध्यक्षमा निर्वाचित भएका छन् ।
उहाँका प्रतिद्वन्द्वी पोषनाथ अधिकारीले ८९ मत प्राप्त गर्नुभएको थियो । कुल मतदाता एक सय ९४ रहेकामा एक सय ८७ जनाले मतदान गरेका थिए । नेपाल प्रेस युनियन र प्रेस सेन्टरबीच तथा प्रेस चौतारी नेपाल तथा प्रेस सोसाइटीबीच गठबन्धन भई चुनावी प्रतिस्पर्धा गरेका थिए । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण