पुरुषका लागि तौल बढाउने आहार
महिलाहरु जस्तै पुरुषको पनि एउटा यस्तो वर्ग छ जो आफ्नो कम तौलका कारण तनावमा छन् । साधारणतया पुरुषहरुको डाइट राम्रो हुने देखिन्छ तर केही पुरुष यस्ता पनि छन् जसलाई अत्यधिक भोक लाग्छ, उनीहरु मज्जाले खाना पनि खान्छन् तर पनि तौल बढाउन असमर्थ हुन्छन् । यस्ता मानिसहरुलाई के गर्दा तौल बढ्छ भन्ने कुरा नै थाहा हुँदैन । जो पुरुष आफ्नो तौल बढाउन इच्छुक छन् उनीहरुले आफ्नो डाइट प्लानमा विशेष ध्यान दिनुपर्छ ।
[caption id="attachment_126467" align="alignleft" width="896"] Man cooking vegetables and holding a wok[/caption]तौल बढाउने खानेकुराः
– तौल बढाउन चाहने पुरुषले दिनमा तीनपटक खाना खानुपर्छ । साथै खाना खानुभन्दा अघि र खाइसकेपछि वर्कआउट गर्न नबिर्सिनुहोस् ।
– खानामा क्यालोरीमा मात्रा बढाउनुहोस् ।
– शारिरिक ऊर्जा पाउनका लागि र अत्यधिक ऊर्जा पाउनका लागि तपाईंले आफ्नो खानामा कार्बोहाइड्रेटको मात्रा बढाउनुपर्छ । यसका लागि तपाईंले भात, पास्ता, फलफूल र सागसब्जीको सेवन गर्न सक्नुहुन्छ ।
– आफ्नो खानाबाट फ्याटी खाद्य पदार्थ निकालेर प्रोटिनले भरपुर खाद्य पदार्थ समावेश गर्नुहोस् ।
– स्वास्थ खानपानले तपाईं सजिलै आफ्नो तौल बढाउन सक्नुहुन्छ ।
– सागसब्जी, फलफूल, ब्राउन राइस, गहुँजस्ता पोषक तत्वयुक्त खाद्य पदार्थ तौल बढाउन प्रभावकारी हुन्छन् ।
– दुईवटा ब्राउन ब्रेड ध्यूसँग, तीनवटा अण्डाको अम्लेट, पनिरको टुक्रा र सागसब्जी । सलाद, जूस, सूपलाई पनि आफ्नो खानामा समावेश गर्नुहोस् ।
– तपाईं मासुको सेवन गर्नुहुन्छ भने तपाईंको तौल निकै सजिलै बढ्छ ।
– तौल बढाउनका लागि तारेको पापड, अचार, कोल्ड ड्रिङ्क्स, चिप्स, जंक फूडजस्ता खानेकुरा खानबाट बच्नुहोस् ।
उचित क्यालोरी, प्रोटिन र कार्बोहाइड्रेटका साथै तपाईंलाई उचित व्यायामको पनि आवश्यकता छ । तपाईं स्वस्थ भोजनको दिनचर्या पालन गर्नुहोस् र स्वस्थ रुपमा आफ्नो तौल बढाउनुहोस् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘स्वस्थ शरीर, स्वस्थ सृजना’ नारासहित मकवानपुरमा ‘आरोग्य साहित्यिक यात्रा’ हुँदै
-
मौलापुरमा प्रमुख प्रशासकीय अधिकृत नपठाएको भन्दै प्रधानमन्त्री बालेनको पुतला दहन
-
प्रधानमन्त्रीसँग निर्माण व्यवसायीको गुनासो : म्याद थप, भुक्तानी र ठेक्का व्यवस्थापन चुनौती
-
विश्वकप क्वार्टरफाइनल अघि फ्रान्स र मोरक्को दुवै मारमा
-
स्ट्रेट अफ होर्मुजमा जहाज आवागमन ठप्प
-
प्रतिनिधि सभाकाे शून्य समयमा कसले के भने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण