बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

यस्ती आमासँग खान रुचाउँछन् केटाकेटी

शनिबार, ०५ चैत २०७३, १२ : ०२
शनिबार, ०५ चैत २०७३
केटाकेटीलाई खानेकुरा खुवाउन निकै सकस हुन्छ । केटाकेटीलाई अधिकांश समय खानपान गराउने आमाले नै हो । तर, भनेको वेला नखाइदिने समस्याले अधिकांश आमा आजित हुन्छन् । तर, केटाकेटीले खान रुचि गर्ने/नगर्ने कुरा आमाले देखाउने स्वभाव र भूमिकामा पनि भर पर्छ । कस्ती आमासँग खान रुचाउँछन् केटाकेटी ? बालरोग विशेषज्ञ डा. विनोदकुमार साह भन्छन्ः —आफ्नो संकेत बुझ्ने आमासँग खान रुचाउँछन् केटाकेटी । केटाकेटीको संकेत बुझ्ने आमाले उसकै अपेक्षाअनुसार व्यवहार देखाएर खाना खुवाउन सक्छिन् । तर, ठूला मान्छेबीच पनि भावनाले नै घनिष्ट बनाएजस्तै आमा र केटाकेटीबीच पनि भावनाको पाटो महत्वपूर्ण हुन्छ । —केटाकेटीले आफ्नो समस्या सम्बोधन गर्ने आमा रुचाउँछन् । उनीहरू जबर्जस्ती खुवाउन मात्रै जोड गर्ने आमासँग बिच्किन्छन् । त्यसैले खाना खुवाउने वेलाको आमाको मुडले केटाकेटीले खाने/नखानेमा प्रभाव पार्छ । केटाकेटीको उमेरअनुसार आमाले खाना खुवाउँदा विचार पुर्‍याउनुपर्छ । —रिसाउने, चिच्याउने, कम कुरा गर्ने, उनीहरूको भावना नबुझ्ने आमासँग केटाकेटी खाना खान मन गर्दैनन् । आफ्नो भावना बुझेर रमाइलो वातावरण निर्माण गर्न सक्ने आमासँग केटाकेटी खाना खान रुचाउँछन् । पछिल्ला विभिन्न अध्ययनले पनि यो कुरा पुष्टि गरेको छ । —खेल्न दिँदै खाना खुवाउँदै गर्ने आमालाई केटाकेटीले मन पराउँछन् । बस्ने स्थानले पनि केटाकेटीको खाने रुचिमा प्रभाव पार्छ । सहज र रमाइलो वातावरणमा केटाकेटी खान रुचाउँछन् । —केटाकेटीले आफ्नो हैसियत स्विकारिदिने आमासँग खान रुचि गर्छन् । आफैँ खान मन गर्दा नदिने आमासँग झगडा गर्छन् । आमाले यस्ता केटाकेटीलाई आफ्नो तर्फबाट सहयोग मात्रै गरेर उनीहरूकै हातले खान दिनुपर्छ नयाँ पत्रिकाबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप