यदि गर्भवती श्रीमतीलाई रिंगटा र वाकवाकी लाग्छ भने खुसी हुनुहोस्....
धेरैजसो गर्भवती महिलालाई ‘मर्निङ सिकनेस’ को समस्या हुने गर्दछ । एक नयाँ सोधका अनुसार यो समस्या तपाईंको बच्चाको लागि शुभ संकेत हो । जो महिलालाई मर्निङ सिकनेस हुन्छ उनीहरुमा गर्भपतनको जोखिम निकै कम हुन्छ । यो शोध अनुसार गर्भावस्थामा बान्ता होला जस्तो अनुभव हुँदा वा बान्ता आउँदा भ्रुणले सुरक्षा महसुस गर्दछ । यसले भ्रुणलाई टक्सिन र अन्य रोगबाट सुरक्षित राख्न सहयोग गर्दछ ।
धेरैजसो महिलालाई तीन महिनासम्म बान्ता हुने गर्दछ । कसैलाई भने ९ महिनासम्म नै यो समस्या हुने गर्दछ । यद्यपी, मर्निङ सिकनेस के कारणले हुन्छ, त्यसको केही ठोस् प्रमाण छैन तर शोधकर्ताहरुका अनुसार यसले भ्रुणलाई भोजन र अन्य कारणबाट हुने संक्रमणबाट बचाउँछ ।
अमेरिकामा नेशनल इन्स्टिच्युट अफ चाइल्स हेल्थ एण्ड ह्युमन डेभलपमेन्टले यो अध्ययन गरेको हो । यहाँका प्रोफेसर र डाक्टर स्टिफन हिंकलले भने, ‘शोधमा हामीले गर्भावस्थाको सुरुवाती दिनको लक्षणको अनुसन्धान गर्यौं र मर्निङ सिकनेसका कारण भ्रुणको रक्षा हुने निष्कर्ष पायौं ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘स्वस्थ शरीर, स्वस्थ सृजना’ नारासहित मकवानपुरमा ‘आरोग्य साहित्यिक यात्रा’ हुँदै
-
मौलापुरमा प्रमुख प्रशासकीय अधिकृत नपठाएको भन्दै प्रधानमन्त्री बालेनको पुतला दहन
-
प्रधानमन्त्रीसँग निर्माण व्यवसायीको गुनासो : म्याद थप, भुक्तानी र ठेक्का व्यवस्थापन चुनौती
-
विश्वकप क्वार्टरफाइनल अघि फ्रान्स र मोरक्को दुवै मारमा
-
स्ट्रेट अफ होर्मुजमा जहाज आवागमन ठप्प
-
प्रतिनिधि सभाकाे शून्य समयमा कसले के भने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण