कपाल रंग्याउनुअघि नभुल्नुहोस् २ काम
मङ्गलबार, ०८ चैत २०७३, ११ : ३५
भावना राणा ब्युटिसियन माई फेयर लेडी, धोबीघाट
कपालमा रङ वा मेहन्दी लगाउनुभन्दा एक–दुई दिनअघि नुहाउनुहोस् । तर, तत्काल नुहाएर भने रङ नलगाउनुहोस् । धेरै समयदेखि ननुहाएको कपाल पनि नरंग्याउनुहोस् । धेरै फोहोर कपालमा रङ राम्रोसँग बस्दैन भने भर्खर नुहाएको कपालमा रङ लगाउँदा केमिकलले टाउकाको छालामा असर गर्न सक्छ । भर्खर तेल लगाएको कपालमा पनि रङ लगाउँदा राम्रो बस्दैन ।
कपाल रंग्याउनुअघि अनुहारको छाला जोगाउने कुरामा गम्भीर हुनुहोस् । रङको कडा केमिकल पर्दा छालामा गम्भीर असर गर्छ । त्यसैले रङ प्रयोग गर्नुअघि अनुहारमा कोल्ड क्रिम प्रयोग गर्नुहोस् । रङ लाग्न सक्ने सबैतिरको छालामा भ्यास्लिन लगाउनु सबैभन्दा उपयुक्त हुन्छ ।
नयाँ पत्रिकाबाट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘स्वस्थ शरीर, स्वस्थ सृजना’ नारासहित मकवानपुरमा ‘आरोग्य साहित्यिक यात्रा’ हुँदै
-
मौलापुरमा प्रमुख प्रशासकीय अधिकृत नपठाएको भन्दै प्रधानमन्त्री बालेनको पुतला दहन
-
प्रधानमन्त्रीसँग निर्माण व्यवसायीको गुनासो : म्याद थप, भुक्तानी र ठेक्का व्यवस्थापन चुनौती
-
विश्वकप क्वार्टरफाइनल अघि फ्रान्स र मोरक्को दुवै मारमा
-
स्ट्रेट अफ होर्मुजमा जहाज आवागमन ठप्प
-
प्रतिनिधि सभाकाे शून्य समयमा कसले के भने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण