जान्नुहोस्, हाई ब्लडप्रेसरले निम्त्याउने खतरा नियन्त्रणका उपाय
मङ्गलबार, ०८ चैत २०७३, ११ : ३८
डा. मिलनप्रकाश श्रेष्ठ, मुटुरोग विशेषज्ञ
खतरा
हाई ब्लडप्रेसरले आँखा र मिर्गौलामा खराबी ल्याउन भूमिका खेल्छ ।
मुटु र मस्तिष्कमा असर गरी हृदयाघात र पक्षाघात गराउनेसम्मको खतरा निम्त्याउँछ ।
ब्लडप्रेसर हाई हुनेलाई गोडा सुन्निने समस्या हुन सक्छ ।
हाई ब्लडप्रेसरले मुटका मांसपेशी मार्ने, भल्ब बन्द गर्ने, छाती भारी हुने तथा दुख्नेजस्ता समस्या देखाउँछ ।
हाई ब्लडप्रेसरले मुटुमा असर गर्दै गरेको सुरुवाती अवस्थामा चक्कर लाग्ने, आँखामा कालो पर्दा लागेजस्तो हुने, एक्कासि ढल्ने, बेहोस हुने र तत्कालै होस खुल्नेजस्ता लक्षण देखाउँछ ।
हाई ब्लडप्रेसरकै कारण अकस्मात मान्छेको ज्यान जाने खतरा पनि रहन्छ ।
नियन्त्रण
नुन र चिल्लो पदार्थ निकै कम सेवन गर्ने ।
धुमपान, मद्यपान र सुर्तीजन्य पदार्थ सेवन नगर्ने ।
मोटोपन घटाउने ।
दैनिक आधादेखि एक घन्टासम्म पसिना निस्किने गरी हिँड्ने, दौडिने या
जगिङ गर्ने ।
गहुँ, मकै, कोदो, फापर, गेडागुडीजस्ता रेसादार परिकार खाने । फलफूल नियमित सेवन गर्ने ।
गाजर, मूला, बन्दा, काँक्रो, गोलभेँडालगायत मिसाएको सलाद नियमित खाने ।
ध्यान, योगासन, प्राणायाम नियमित रूपमा गर्ने ।
रिस नियन्त्रित राख्ने तथा मानसिक उत्तेजनामा नआउने ।
नयाँ पत्रिकाबाट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘स्वस्थ शरीर, स्वस्थ सृजना’ नारासहित मकवानपुरमा ‘आरोग्य साहित्यिक यात्रा’ हुँदै
-
मौलापुरमा प्रमुख प्रशासकीय अधिकृत नपठाएको भन्दै प्रधानमन्त्री बालेनको पुतला दहन
-
प्रधानमन्त्रीसँग निर्माण व्यवसायीको गुनासो : म्याद थप, भुक्तानी र ठेक्का व्यवस्थापन चुनौती
-
विश्वकप क्वार्टरफाइनल अघि फ्रान्स र मोरक्को दुवै मारमा
-
स्ट्रेट अफ होर्मुजमा जहाज आवागमन ठप्प
-
प्रतिनिधि सभाकाे शून्य समयमा कसले के भने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण