तनावबाट मुक्ति पाउन सुत्नुअघि यसो गरौँ
मङ्गलबार, ०८ चैत २०७३, ११ : ४१
आदर्श प्रधान मनोपरामर्शदाता, होलिस्टिक माइन्ड्स, धापासी
तनावले शारीरिक, मानसिक तथा भावानात्मक रूपमा मानिसलाई असर पुर्याउँछ । तर, सही तरिकाबाट गरेको उपचार र परामर्शबाट डिप्रेसन पूर्ण रूपमा निको हुन सक्छ । यस्तो समस्या सबै उमेरका व्यक्तिहरूलाई हुन सक्छ । त्यसमध्ये पनि धेरै जसो युवा र महिलाहरू पीडित छन् । त्यसो त बालबालिका तथा प्रौढ उमेरका मानिस पनि डिप्रेसनबाट पीडित छन् । सामान्य देखिने डिप्रेसनले कहिलेकाहीँ मानिसलाई जटिल अवस्थामा पुर्याइदिन्छ । विश्व स्वास्थ्य संगठनले सन् १९९० मा गरेको सर्वेक्षणअनुसार डिप्रेसन चौथो प्रमुख रोग भएको तथ्यको खुलासा गरेको थियो । अझ, सन् २०२० सम्म डिप्रेसन दोस्रो प्रमुख रोग हुन सक्ने अनुमान गरिएको छ । डिप्रेसनका लक्षण उदासीन तथा निरास हुनु । कुनै कुरा तथा कामप्रति इच्छा नहुनु । अत्यधिक निद्रा लाग्नु वा कम लाग्नु । एकाग्रताको कमी हुनु । जीवन बोझ लाग्नु । पश्चाताप्बोध हुनु । थकान वा ऊर्जाको कमी हुनु । भोक कम लाग्नु वा अति खानु । चिडचिडापन हुनु । आत्मविश्वासको कमी हुनु । यौन इच्छामा कमी आउनु । यी लक्षणमध्ये तीन–चार लक्षणहरू दुई हप्ता वा सोभन्दा बढी लगातार रहेमा डिप्रेसनको शंका गर्नुपर्ने हुन्छ । शंका लाग्यो भने तुरुन्त मनोचिकित्सक वा मनोविज्ञसँग परामर्श गर्नु बुद्धिमानी हुन्छ डिप्रेसनका कारण मस्तिष्क रसायनको असन्तुलन अनुवांशिक कारण मनोगत तथा सामाजिक कारणहरू जीवनमा घटेको असम्भावित घटना डिप्रेसन सुरुको अवस्थामा नै थाहा भएमा सजिलै बाहिर निस्कन सकिन्छ । यदि कठिनाइ भयो भने मनोचिकित्ससँग परामर्श लिनुपर्ने पनि हुन्छ । यसका साथै मनोविज्ञहरूसँग नियमित परामर्श गर्दै उपचार गर्न सकिन्छ । जसमध्ये सिबिटी (कग्निटिभ बिहेभियर थेरापी)लाई उत्तम मानिन्छ । डिप्रेसनबाट मुक्त हुन डिप्रेसनका पीडितहरू शरीरिक रूपमा निष्क्रिय हुने हुँदा एरोबिक्स, जुम्बा, नृत्य, योगासनजस्ता शारीरिक कार्य गर्न सकिन्छ । साविक भोजन लिनु राम्रो हुन्छ । यस्तो वेला नकरात्मक तथा असफलताको विचारले आक्रमण गर्ने हुँदा सकारात्मक सोचको बानी बसाल्नुपर्छ । हरेक समय उत्साहित हुँदै लक्ष्य लिएर अगाडि बढ्नुपर्छ । समस्यामा नअल्झी हरेको सामना गर्दै समाधान खोज्ने बानी बसाल्नुपर्छ । भिज्योलाइजेसन टेक्निक राति निदाउनुभन्दा केही अगाडि तन्द्राको अवस्थामा ‘म स्वस्थ छु, मेरा सम्पूर्ण अंगहरू स्वस्थ छन् ।’जस्ता वाक्य दोहोर्याउन सकिन्छ । यस्तै, सकारात्मक वाक्यलाई करिब ५ मिनेटसम्म लगातार दोहोर्याउनु राम्रो मानिन्छ । यस्तो वाक्य आफैँ पनि बनाउन सकिन्छ । यसरी दोहोर्याउ“दा अवचेतन मस्तिष्कमा छाप बस्छ । फलस्वरूप स्वस्थ बन्न सहयोग पुग्छ । नयाँ पत्रिकाबाटखबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘स्वस्थ शरीर, स्वस्थ सृजना’ नारासहित मकवानपुरमा ‘आरोग्य साहित्यिक यात्रा’ हुँदै
-
मौलापुरमा प्रमुख प्रशासकीय अधिकृत नपठाएको भन्दै प्रधानमन्त्री बालेनको पुतला दहन
-
प्रधानमन्त्रीसँग निर्माण व्यवसायीको गुनासो : म्याद थप, भुक्तानी र ठेक्का व्यवस्थापन चुनौती
-
विश्वकप क्वार्टरफाइनल अघि फ्रान्स र मोरक्को दुवै मारमा
-
स्ट्रेट अफ होर्मुजमा जहाज आवागमन ठप्प
-
प्रतिनिधि सभाकाे शून्य समयमा कसले के भने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण