घुम्न निस्कँदा बोक्न नबिर्सौं …
मङ्गलबार, ०८ चैत २०७३, १२ : ०५
भ्रमणमा निस्कनुअघि के गर्ने के नगर्ने भन्ने सल्लाह धेरैले दिने गर्छन् । तर, निस्कँदै गर्दा साथमा के बोेक्ने भन्ने सल्लाह भने निकै कम मात्र पाइन्छ । पारिवारिक तथा व्यक्तिगत भ्रमणमा निस्कँदा साथमा केही महत्वपूर्ण सामग्री बोक्न बिर्सनु हँुदैन । यस्ता सामग्रीले भ्रमणलाई निकै सहज बनाउँछ ।
ट्वाइलेटरिज
भ्रमणमा निस्कनुपर्दा यस्ता सामग्री साथमा बोक्नुपर्छ, जसलाई अरूसँग सेयर गर्न पनि सकिँदैन । टुथब्रस, टुथपेस्ट, साबुन, स्याम्पु, सेभिङ किट्सजस्ता सामग्री साथमा बोक्नु राम्रो हुन्छ । यस्ता सामग्री अरूसँग सधैँ माग्न पनि उचित हुँदैन ।
एक्स्ट्रा भित्री पहिरन
सफा अन्तरवस्त्रले फ्रेस अनुभव गराउँछ । त्यसैले हिँड्दा आफूसँग एक्स्ट्रा जोडी राख्नु राम्रो हुन्छ । यदि केही दिनसम्म लगातार यसलाई धुने तथा सुकाउने समय मिलेन भने समस्या सिर्जना गर्न सक्छ । त्यसैले एक्स्ट्रा अन्तरवस्त्र राख्नु जरुरी छ । यसका साथै आफूले प्रयोग गरेको भित्री लुगा राख्नलाई जिप भएको प्लास्टिकको ब्याग छुट्टै राख्नु उपयोगी हुन्छ ।
टावेल आफ्नै उत्तम
होटेलका टावेल जति नै सफा र राम्रो देखिए पनि यसको प्रयोग गर्नु त्यति उचित हुँदैन । त्यसैले सबैभन्दा राम्रो आफ्नो टावेल साथमा बोक्नु नै हो । यसले आफ्नो शरीरमा कुनै अपरिचित गन्ध आउनबाट जोगिइन्छ ।
सबै प्रकारको ड्रेस
छुट्टी मनाउन जाँदै हुनुहुन्छ भने पनि सेमी फर्मल खालको ड्रेस प्याकिङ गर्नु राम्रो हुन्छ । यस्तो कपडा न त आइरन गर्नुपर्ने झन्झट हुन्छ, न प्याकिङले धेरै स्थान ओगट्छ । यदि तपाईं पहाडी इलाकामा जाँदै हुनुहुन्छ भने उलन लुगा राख्न नछुटाउनु होला ।
नगद साथमा राखौँ
भ्रमणमा सबैभन्दा भरोसा नगदलाई गर्नु राम्रो हुन्छ । हुन त धेरैले क्रेडिट-डेबिट कार्ड राख्नु उपयोगी भन्छन् । यदि तपाईं कुनै गाउँका होटेलमा खाना खाँदै हुनुहुन्छ भने कार्डले काम गर्दैन । त्यस्तै, अन्य किनमेलमा पनि कार्ड काम नलाग्न सक्छ । नयाँ स्थानमा घुम्न जाँदा यस्ता कार्ड बसेको स्थानमा नै छोड्दा पनि हुन्छ ।
औषधि बोक्न नबिर्सौं
आफ्नो साथमा पारासिटामोल तथा केही पेनकिलरहरू बोक्न बिर्सनु हुँदैन । मौसम परिवर्तन हुँदा स्वास्थ्यमा असर पर्न सक्छ । त्यस्तै स्विमिङ, ट्रेकिङ तथा रक क्लाइम्बिङ गर्दा पेनकिलरको आवश्यकता पर्न सक्छ । साथमा घाँटी तथा खोकीको औषधि बोक्नु पनि फाइदाजनक नै हुन्छ ।
नयाँ पत्रिकाबाट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘स्वस्थ शरीर, स्वस्थ सृजना’ नारासहित मकवानपुरमा ‘आरोग्य साहित्यिक यात्रा’ हुँदै
-
मौलापुरमा प्रमुख प्रशासकीय अधिकृत नपठाएको भन्दै प्रधानमन्त्री बालेनको पुतला दहन
-
प्रधानमन्त्रीसँग निर्माण व्यवसायीको गुनासो : म्याद थप, भुक्तानी र ठेक्का व्यवस्थापन चुनौती
-
विश्वकप क्वार्टरफाइनल अघि फ्रान्स र मोरक्को दुवै मारमा
-
स्ट्रेट अफ होर्मुजमा जहाज आवागमन ठप्प
-
प्रतिनिधि सभाकाे शून्य समयमा कसले के भने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण