माइग्रेन हुनेलाई लाभदायक शशांकासन
मङ्गलबार, ०८ चैत २०७३, १२ : २८
दीपक नेपाल, योग प्रशिक्षक
सामान्यतया टाउको दुखाइ अत्यधिक हुने अवस्थालाई माइग्रेन भएको हो कि भन्ने शंका हुन्छ । यस्तो समस्या नियमित नभई समय–समयमा मात्र हुने गर्छ । टाउकोको आधा भाग मात्र दुख्ने यस्तो पीडा दुई घन्टादेखि ७२ घन्टासम्म हुन सक्छ । टाउकोको एक भाग मात्र दुख्ने हुनाले धेरैले यो समस्यालाई पिनास पनि भन्ने गर्छन् । त्यस्तै, अनावश्यक तनाव धेरै हुँदा पनि टाउको दुखाइ बढ्ने हुन्छ । जसलाई हामी तनावपूर्ण टाउको दुखाइ पनि भन्न सक्छौँ । समय–समयमा सहनै नसक्ने गरी टाउको दुख्ने कारण यस्ता हुन सक्छन्:
प्रकाश, हल्ला, धुवाँदार कोठा, तापक्रम परिवर्तन र कडा गन्धजस्ता कारणले टाउको दुख्न सक्छ । त्यस्तै, धेरै परिश्रम तथा अति थकानले पनि टाउको दुख्न सक्छ । समयमा खाना नखाँँदा भोकले पनि टाउको दुख्छ । शरीरमा पानीको कमी, अल्कोहल सेवन, महिलामा मासिक धर्म परिवर्तन, गर्भनिरोधक औषधिको सेवन र मासिक धर्म बन्द हुँदा पनि यस्तो समस्या देखिन्छ । यस्तो समस्या भएको अवस्थामा शशांकासन योगाभ्यास गर्दा लाभदायक हुन्छ ।
शशांकासन योगाभ्यास विधि
सबैभन्दा पहिले सजिलो आसन रोज्नुहोस् । योगाभ्यासमा आरामसँग बस्नुहोस् । ढाड, गर्धन सीधा गरेर, खुट्टालाई अगाडि फैलाइदिनुहोस् ।
त्यसपछि एक–एक गरेर खुट्टालाई दुवैतर्फ मोडेर बज्रासनमा बस्नुपर्छ ।
बज्रासनमा बसेपछि बिस्तारै श्वास लिएर दुवै हातलाई शिरमाथि लिएर जानुहोस् ।
अब श्वास छाड्दै शरीरलाई कम्मरबाट अगाडि झुकाउनुहोस् ।
त्यसपछि टाउकोलाई बिस्तारै जमिनमा बिसाउनुहोस् ।
हातलाई बिस्तारै अगाडि फैलाउनुहोस् । यो आसनमा तीनदेखि पाँच मिनेटसम्म बस्नुपर्छ । यो आरामदायी आसन भएकाले आराम हुँदासम्म रहन सकिन्छ ।
नयाँ पत्रिकाबाट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘स्वस्थ शरीर, स्वस्थ सृजना’ नारासहित मकवानपुरमा ‘आरोग्य साहित्यिक यात्रा’ हुँदै
-
मौलापुरमा प्रमुख प्रशासकीय अधिकृत नपठाएको भन्दै प्रधानमन्त्री बालेनको पुतला दहन
-
प्रधानमन्त्रीसँग निर्माण व्यवसायीको गुनासो : म्याद थप, भुक्तानी र ठेक्का व्यवस्थापन चुनौती
-
विश्वकप क्वार्टरफाइनल अघि फ्रान्स र मोरक्को दुवै मारमा
-
स्ट्रेट अफ होर्मुजमा जहाज आवागमन ठप्प
-
प्रतिनिधि सभाकाे शून्य समयमा कसले के भने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण