मोटो शरीर घटाउने हो ? जान्नुहोस्, ६ तरिका
मङ्गलबार, ०८ चैत २०७३, १२ : ३६
डा. प्रकाशराज रेग्मी, मुटुरोग विशेषज्ञ
गुलियोमुक्त परिकार
मोटो हुनुहुन्छ र तौल घटाउने योजनामा हुनुहुन्छ भने गुलियोमुक्त परिकार खानुहोस् । गुलिया परिकार र मिठाई नखाँदा मोटोपन घटाउन ठूलो सहयोग मिल्छ । चिनी र चिनीबाट बनेका मिठाइजन्य परिकार गुलियो वर्गमा पर्छन् । कार्बोहाइड्रेडको मात्रा बढी हुने अन्नबाट बनेका परिकार पनि कम उपभोग गर्नुपर्छ ।
चिल्लोरहित खाना
मोटोपन बढाउन चिल्लो खानाले भूमिका खेलेको हुन्छ । त्यसैले चिल्लोरहित खानामा जोड गर्नुहोस् । घिउ, नौनी र बोसो खानामा समावेश गर्नै छाड्नुहोस् । तरकारीमा तेल प्रयोग गर्दा कम राख्नुहोस् । धेरै फ्राई गरेको खानाले मोटोपन बढाउ“छ ।
सलादमा जोड
पेट खाली राखेर मोटोपन घटाउन खोज्नु अर्को घाटा हुन सक्छ । त्यसैले शरीरलाई आवश्यक शक्ति प्रदान गर्दै मोटोपन घटाउनुपर्छ । यसका लागि मोटोपन नबढाउने, तर शक्ति दिने फलफूल, सलाद खानुपर्छ । खाना कम गर्न खाना खानुअघि एक कचौरा हरियो सलाद खान सकिन्छ । बेलुकाको खानामा दुईवटा सुक्खा रोटी, एक कचौरा दाल, हरियो सागसब्जी र सलाद खान सकिन्छ । दिउँसो भोक लाग्दा फलफूल र प्रशस्त मात्रामा पानी पिउनुपर्छ । बिहान उठ्नेबित्तिकै दुई गिलास मनतातो पानी पिउँदा लाभ गर्छ ।
नियमित व्यायाम
शारीरिक व्यायामले तौल घटाउन र तन्दुरुस्त राख्न भूमिका खेल्छ । हरेक दिन एक घन्टा पसिना निकाल्ने गरी
हिँड्नुपर्छ । सहरी इलाकामा बस्नेले यो उपाय अपनाउन सक्छन् । गाउँघरतिर बस्नेले पर्याप्त मात्रामा खेतबारीमा काम गर्दा पनि कसरत पुग्छ । विभिन्न खेलकुद र पौडीमा नियमित सहभागी हुँदा पनि तौल घट्छ ।
अम्मल त्याग
अम्मल सेवनले मोटोपन बढाउन भूमिका खेल्छ । यसले शरीरलाई अस्वस्थ गराएर मोटोपनलाई बढावा दिन्छ । त्यसैले धूमपान, मद्यपान र सुर्तीजन्य पदार्थको सेवन रोक्नुपर्छ । अम्मल त्याग्दा विभिन्न समस्या निम्तिन सक्छन् । यी समस्यालाई योग, ध्यान र प्राणायाम गरेर अन्त्य गर्न सकिन्छ । योग, ध्यान र प्राणायामले तनावमुक्त पनि गराउँछन् । मोटोपन बढाउने एउटा कारण तनाव पनि हो ।
सुत्ने–उठ्ने
सुत्ने र उठ्ने समयले पनि मोटोपन नियन्त्रणमा असर गर्छ । सुत्ने–उठ्ने समय अनियमित हुँदा स्वास्थ्यमा असर गर्ने र मोटाउने हुन्छ । कम या धेरै सुत्नु दुवै हानिकारक हुन्छ । दैनिक ६ देखि ८ घन्टा सुत्नु पर्याप्त हुन्छ । यसैगरी राति कतिवेला सुत्ने र बिहान कतिवेला उठ्ने भन्ने पनि सँधै एउटै रुटिन बनाउनु उत्तम हुन्छ ।
नयाँ पत्रिकाबाट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘स्वस्थ शरीर, स्वस्थ सृजना’ नारासहित मकवानपुरमा ‘आरोग्य साहित्यिक यात्रा’ हुँदै
-
मौलापुरमा प्रमुख प्रशासकीय अधिकृत नपठाएको भन्दै प्रधानमन्त्री बालेनको पुतला दहन
-
प्रधानमन्त्रीसँग निर्माण व्यवसायीको गुनासो : म्याद थप, भुक्तानी र ठेक्का व्यवस्थापन चुनौती
-
विश्वकप क्वार्टरफाइनल अघि फ्रान्स र मोरक्को दुवै मारमा
-
स्ट्रेट अफ होर्मुजमा जहाज आवागमन ठप्प
-
प्रतिनिधि सभाकाे शून्य समयमा कसले के भने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण