बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नियमित योग गर्नोस्, रोग भगाउनोस्

बिहीबार, १० चैत २०७३, १० : ३१
बिहीबार, १० चैत २०७३

ध्रुवसागर शर्मा

म्याग्दी चैत १० – एघार वर्षदेखि दमका कारण सास्ती खेपेका बेनी नगरपालिका–२ का खड्गबहादुर थापाको स्वास्थ्यमा एकाएक परिवर्तन आएको छ ।

रोगका कारण घरमै बसेर बित्ने उनको दिनचर्यामा पनि अहिले परिवर्तन आएको छ । उनी निर्धक्क गाउँमा हिँडडुल गरिरहेको भेटिन्छन् ।

श्वासप्रश्वास प्रणालीमा उत्पन्न समस्याका कारण थलिएकी मङ्गलाघाटकी सुमित्रा पुन पनि रोगमुक्त भएकी छिन् । थापा र पुन त्यत्तिकै ठीक भएकी हाेइनन्, न त कुनै चिकित्सकले दिएको औषधि सेवन गरेर नै उनीहरूले स्वास्थ्यलाभ गरेका हुन् । योग गरेर १५ दिनमै उहाँहरूको स्वास्थ्यमा परिवर्तन आएको हो ।

दुई वर्षअघिदेखि योग सिकाउँदै आएका नवीन आनन्द योग केन्द्रका प्रशिक्षक नवीन जुग्जालीले नियमितरुपमा योग गरे ‘ब्लड क्यान्सर’जस्ता रोग पनि निको पार्न सम्भव भएको दाबी गरे । योग साधकका अनुसार योगबाट शरीरमा स्फूर्ति बढ्ने, ग्यास्ट्रिक, कपाल फुल्ने, अल्सर, कब्जियत, गठिया, बाथजस्ता रोग निको पार्न सकिन्छ ।

शारीरिक स्फूर्ति, दिमागी एकाग्रता र स्मरणशक्ति बढाउनसमेत योग प्रभावकारी भएकोे बेनी बजारका बयोवृद्ध नैनकुमार श्रेष्ठले बताए । त्यसैगरी, नियमितरुपमा योग गरेका कारण आफ्नो स्मरण शक्ति बढ्नुका साथै मानसिक तनावबाट समेत मुक्ति मिलेको शिक्षक रामचन्द्र जैसीले बताए ।

“पहिलेपहिले पढाउने विषयवस्तुबारे जति अध्ययन गरेर गए पनि बिर्सँन्थेँ, कापीमा लेखेर लग्नुपथ्र्यो, योग गर्न थालेपछि बिर्सने समस्याबाट मुक्ति मिलेको छ,” योगबाट प्राप्त लाभबारे उल्लेख गर्दै जैसीले भने ।

रोगमुक्त समाजको निर्माण गर्न योगलाई देशव्यापीरूपमा विस्तार गर्न जरुरी भएको विचार योग प्रशिक्षक नवीन जुग्जाली व्यक्त गर्छन् ।

मानसिक र शारीरिकरूपमा नागरिकलाई सक्षम बनाइए देश उन्नतिको पथमा अघि बढ्नसक्ने उल्लेख गर्दै उनले अनुशासित समाजको निर्माण गर्न योग गर्नु श्रेयस्कर भएको बताए । आठ प्रकारका प्राणायाम, १२ प्रकारका आसन र ६० प्रकारका योग गरे रोगबाट मुक्ति मिल्ने र स्फूर्ति बढ्ने बताउँदै प्रशिक्षक जुग्जालीले योगले शरीरमा सकारात्मक प्रभाव मात्रै पार्ने ठोकुवा गर्छन् ।

छिमेकी मुलुक भारतका झै नेपालमा समेत कक्षा ५ देखि कक्षा १२ सम्म योगबारे पाठ्यक्रममा समावेश गर्नुपर्ने उनकाे ठम्याइ छ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप