जुन हर्मोनले तपाईंलाई पुरुष बनायो, यसरी गर्नुहोस् त्यसको रेखदेख
चैत १० बीबीसी
टेस्टोस्टेरोन एउटा यस्तो हर्मोन हो जुन पुरुषको अण्डकोषमा पैदा हुन्छ । साधारणतया यसलाई पुरुषार्थको रुपमा हेरिन्छ । यो हर्मोनको पुरुषको आक्रमकता, अनुहारमा रौं, मांसपेशी र यौन क्षमतासँग सिधा सम्बन्ध छ ।
शारिरिक र मनोवैज्ञानिक स्वास्थ्यका लागि यो हर्मोन सबै पुरुषका लागि आवश्यक छ ।
टेस्टोस्टेरोन हर्मोन उमेरसँगै कम हुनथाल्छ । एक अनुमानका अनुसार ३० देखि ४० को उमेरपछि यसमा हरेक वर्ष दुई प्रतिशतले गिरावट आउन थाल्छ । यसको क्रमिक गिरावट स्वास्थ्यसँग जोडिएका समस्याले नभई उमेरका कारण हुने गर्दछ । यद्यपी, केही विशेष रोग, उपचार वा चोटका कारण यसको मात्रा सामान्यभन्दा कम हुने गर्दछ ।
टेस्टोस्टेरोन हर्मोनको कमीलाई हाइपोगोनडिज्म भनिन्छ । बेलायती पब्लिक हेल्थ सिस्टमका अनुसार यो रोगले हजारमध्ये पाँचजना पिडित हुन्छन् ।
टेस्टोस्टेरोन सामान्यभन्दा कम हुँदा देखिने लक्षणः
– थकान र सुस्तता
– डिप्रेशन, चिन्ता, चिड्चिडापन
– यौन सम्बन्ध स्थापित गर्न अरुची
– धेरै बेरसम्म कसरत गर्न नसक्नु, चाँडै थाक्नु
– दाह्री, जुङ्गा धेरै नबढ्नु
– पसिना धेरै बग्नु
– स्मरण शक्ति र एकाग्रता कम हुनु
लामो समयसम्म हाइपोगोनडिज्म हुँदा हड्डीलाई क्षती पुग्ने जोखिम रहनसक्छ । यसले हड्डी कमजोर हुने गर्दछ र हड्डी भाँच्चिने समस्या बढ्न सक्छ ।
हाइपोगोनडिज्म के हो ?
हाइपोगोनडिज्म एक विशेष प्रकारको मेडिकल परिस्थिती हो जुन बढ्दो उमेरसँगै निम्तिने सामान्य स्थितीभन्दा भिन्न हो । यसको सिधै सम्बन्ध मोटोपना र टाइप टु मधुमेहसँग हुन्छ ।
तपाईं आफ्नो टेस्टोस्टेरोनको मूल्यांकन रगत जाँच गराएर गर्न सक्नुहुन्छ । यसको स्तर हरेक दिन सामान्य हुँदैन । यदि यसमा गिरावट देखिन्छ भने बिरामी एन्डोक्राइन स्पेशलिष्टकोमा जानुपर्ने हुन्छ ।
टेस्टोस्टेरोन कम हुनुको कारण के ?
टेस्टोस्टेरोन पुरुषको अण्डकोषमा विकसित हुन्छ जुन पिट्युटरी ग्रन्थी र हाइपोथ्यालामसबाट नियन्त्रित हुने गर्दछ । यदि कुनै पनि रोगका कारण पिट्युटरी ग्रन्थी र हाइपोथ्यालामस प्रभावित हुन्छ भने यो हाइपोगोनडिज्मको कारण बन्न सक्छ ।
यसको अण्डकोषमा पनि सिधा सम्पर्क हुने गर्दछ । अण्डकोषमा चोट, त्यसको शल्यक्रिया, क्लाइनफेल्टर सिन्ड्रोम र आनुवांसिकीमा गडबडीका कारण पिट्युटरी ग्रन्थी र हाइपोथ्यालामस प्रभावित हुन्छ जसका कारण हाइपोगोनडिज्मको स्थिती पैदा गर्दछ ।
संक्रमण, कलेजो र मृगौलामा खराबी, रक्सीको लत, केमियोथेरापी वा रेडिएशन थेरापीका कारण पनि टेस्टोस्टेरोन हर्मोनमा कमी आउने गर्दछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘स्वस्थ शरीर, स्वस्थ सृजना’ नारासहित मकवानपुरमा ‘आरोग्य साहित्यिक यात्रा’ हुँदै
-
मौलापुरमा प्रमुख प्रशासकीय अधिकृत नपठाएको भन्दै प्रधानमन्त्री बालेनको पुतला दहन
-
प्रधानमन्त्रीसँग निर्माण व्यवसायीको गुनासो : म्याद थप, भुक्तानी र ठेक्का व्यवस्थापन चुनौती
-
विश्वकप क्वार्टरफाइनल अघि फ्रान्स र मोरक्को दुवै मारमा
-
स्ट्रेट अफ होर्मुजमा जहाज आवागमन ठप्प
-
प्रतिनिधि सभाकाे शून्य समयमा कसले के भने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण