रौतहटमा संचालित स्वास्थ्य शिविरमा सेनापति क्षेत्रीको अवलोकन
बिहीबार, १० चैत २०७३, १९ : ४३
गौर, चैत १० – रौतहटमा चलिरहेको बृहत सघन स्वास्थ्य शिविरमा प्रधान सेनापति राजेन्द्र क्षत्रीले आज अवलोकन गरेका छन् । उक्त क्षेत्रमा स्वास्थ्य सेवा उपलब्ध गराउन पाएकोमा सेनापति क्षेत्रीले खुशी व्यक्त गरे । शिविरमा अझै सेवा आवश्यक परे समय थपिने उनले बताए ।
आज तेस्रो दिन चलिरहेको बृहत स्वास्थ्य शिविर स्वास्थ्य मन्त्रालयको सहकार्यमा नेपाली सेनाले गौरमा सेवा दिइरहेको छ । आजै मात्र सेवा ११ सय ७५ जनाले उपचार गराएका छन् । त्यसमध्ये ६५९ जना महिला र ५१६ जना पुरुष रहेको नेपाली सेनाका महासेनानी दिपक अधिकारीले बताए । शिविरमा रौतहट, पर्सा बारा लगायत जिल्लाका तथा सिमवर्ती भारतका नागरिक समेतले उपचार गराएका छन् ।
शिविर यहि चैत १४ गतेसम्म चल्ने महासेनानी अधिकारीले जानकारी दिएका छन् । स्वास्थ्य शिविर स्वास्थ्य मन्त्रालयले सेना सँगको सहकार्यमा रौतहट जिल्लामा पहिलो पटक यस्तो शिविर आयोजना गरेको हो । उक्त क्षेत्रमा स्वास्थ्य सेवाबाट बञ्चित नागरिकहरुलाई लक्षित कार्यक्रम हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘स्वस्थ शरीर, स्वस्थ सृजना’ नारासहित मकवानपुरमा ‘आरोग्य साहित्यिक यात्रा’ हुँदै
-
मौलापुरमा प्रमुख प्रशासकीय अधिकृत नपठाएको भन्दै प्रधानमन्त्री बालेनको पुतला दहन
-
प्रधानमन्त्रीसँग निर्माण व्यवसायीको गुनासो : म्याद थप, भुक्तानी र ठेक्का व्यवस्थापन चुनौती
-
विश्वकप क्वार्टरफाइनल अघि फ्रान्स र मोरक्को दुवै मारमा
-
स्ट्रेट अफ होर्मुजमा जहाज आवागमन ठप्प
-
प्रतिनिधि सभाकाे शून्य समयमा कसले के भने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण