यो हो मुख स्वस्थ राख्ने तरिका
शुक्रबार, ११ चैत २०७३, ११ : ५२
डा. सुवास घिमिरे
ओम समाज डेन्टल हस्पिटल
विश्व मुख स्वास्थ्य दिवस नेपालमा पनि भव्यताका साथ मनाइएको छ । मुख स्वास्थ्यलाई सरकारले नीतिगत रूपमा महत्व दिएको पाइँदैन । मुख स्वास्थ्यलाई ख्याल राख्दा सम्पूर्ण शरीरको अवस्था राम्रो हुन्छ । मुखको हेरचाह गर्दा मुटु, किड्नी, फोक्सो, पेटलाई स्वस्थ राख्न मद्दत पु¥याउँछ । त्यसैले विकसित देशमा मुटु स्वास्थ्यलाई विशेष महत्व दिँदा यस्ता रोग कम देखिने गर्छ । नेपालमा भने जनचेतनाको अभावले यस्ता रोगीहरू वृद्धि भइरहेका छन् । नेपालमा अहिले ६० देखि ९० प्रतिशत जनता मुखको बिरामी भएको पाइन्छ । यसले गर्दा हरेक नेपालीलाई रोगको जोखिम छ । यस्तो जोखिमबाट जोगिन हात धुने तरिका सिकाएजस्तै सामान्य जनतालाई दाँत माझ्ने तरिका, मुख सफा राख्ने तरिका सिकाउनु आवश्यक छ ।
मुख स्वास्थ्यलाई असर पार्ने कारण
गुलियो परिकार खाँदा मुखमा किरा लाग्ने समस्या, गिजाको समस्या देखापर्न सक्छ । सोही कारण सुगर तथा मुटुको समस्या पनि देखापर्न सक्छ । यस्तो जोखिमबाट जोगिन रिफाइन गरिएको प्रोडक्ट कम गर्नुपर्छ । सकेसम्म प्राकृतिक उत्पादन नै खाँदा राम्रो हुन्छ, जस्तै ः चिनी सेवन गर्नुभन्दा उखु खानु राम्रो हुन्छ । गुलियो स्वाद आउने फलफूल सेवन गर्दा पनि हुन्छ । यदि चिनी, चकलेटजस्ता प्रोडक्ट खानुपरेमा तुरुन्त मुख कुल्ला गर्ने, दाँत माझ्ने या चपाएर खानुपर्ने फलफूल वा हरियो सागपात सेवन गर्दा पनि मुख सफा हुन्छ ।
धूम्रपान गर्ने बानीले मुखका साथसाथै पूरै शरीरलाई नै असर गर्छ । चुरोट, खैनी, गुट्खा खाने बानीले गिजाभित्रको मासुलाई असर गर्छ, जसले गर्दा क्यान्सर जस्तो खतरनाक रोग पनि लाग्न सक्छ । यस्तो पदार्थमा हुने तमाखुका कारण मुखभित्रको मासु कडा हुन्छ । जिब्रो, गाला, गिजामा घाउ हुने समस्या पनि हुन्छ । त्यसैले तमाखु भएका कुनै पनि चिज सेवन गर्नु भएन । कहिलेकाहीँ सेवन गरिहाले पनि तुरुन्त मुखको सफाइ गर्नुपर्छ ।
अल्कोहल सेवन गर्ने बानीले पनि मुखको स्वास्थ्यलाई असर गर्छ । अल्कोहलमा स्प्रिट हुने कारण सेवन गर्दा मुख पोल्ने हुन्छ । यसरी मुख पोल्दा अल्कोहल पेटसम्म जाने नसाहरू सबैमा असर गर्छ । यसरी धेरै असर गर्दा पनि मुख, घाँटी, खानेनली, पेटको क्यान्सर हुने सम्भावना हुन्छ । त्यस्तै, लिभर सिरोसिस भन्ने डिजिज पनि हुन सक्छ । त्यसैले सकेसम्म अल्कोहल सेवन गर्नु हुँदैन ।
नयाँ पत्रिकाबाट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘स्वस्थ शरीर, स्वस्थ सृजना’ नारासहित मकवानपुरमा ‘आरोग्य साहित्यिक यात्रा’ हुँदै
-
मौलापुरमा प्रमुख प्रशासकीय अधिकृत नपठाएको भन्दै प्रधानमन्त्री बालेनको पुतला दहन
-
प्रधानमन्त्रीसँग निर्माण व्यवसायीको गुनासो : म्याद थप, भुक्तानी र ठेक्का व्यवस्थापन चुनौती
-
विश्वकप क्वार्टरफाइनल अघि फ्रान्स र मोरक्को दुवै मारमा
-
स्ट्रेट अफ होर्मुजमा जहाज आवागमन ठप्प
-
प्रतिनिधि सभाकाे शून्य समयमा कसले के भने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण