कपालको चाया हटाउने ३ तरिका
शुक्रबार, ११ चैत २०७३, ११ : ५७
सुनिता विष्ट, श्रीयुक्ति ब्युटिपार्लर, पुरानो बानेश्वर
कपालमा चाया पर्ने गुनासो अधिकांशको हुन्छ । महिला या पुरुष दुवै चायाले पीडित हुन्छन् । लामो कपाल हुने भएकाले तुलनात्मक रूपमा महिला नै चायाबाट सताइन्छन् । जसलाई जसरी चायाले सताए पनि उपाय भने एकैखाले अपनाए पुग्छ । ब्युटिसियन सुनिता विष्टले चाया हटाउने सजिला तीन प्याकबारे जानकारी दिएकी छिन्:
कपुर
कपुर चायाको शत्रु हो । नरिवलको तेलमा कपुरको धुलो मिसाएर पेस्ट तयार पार्नुहोस् । पेस्ट कपालको जरैदेखि लगाएर मसाज गर्नुहोस् । हप्ताको एकपटक यो पेस्ट प्रयोग गरेर कपाल पखाल्दा चायाको समस्याबाट मुक्ति मिल्छ । कपुरले कपालमा चमक पनि ल्याउ“छ ।
घ्युकुमारी
घ्युकुमारीमा पनि चाया हटाउने क्षमता हुन्छ । कपालमा प्रयोग गर्ने कुनै पनि तेल र घ्युकुमारीको जेल मिलाएर पेस्ट तयार गर्नुहोस् । यो पेस्टले कपालको जरैदेखि लगाएर मसाज गर्नुहोस् । झन्डै आधा घन्टापछि सादा पानीले पखाल्दा चाया रहन पाउ“दैन । हप्तामा एकपटक घरमै यो प्याक प्रयोग गर्न सकिन्छ ।
चामल
चामल खान मात्रै होइन, चाया हटाउन पनि उत्तिकै उपयोगी हुन्छ । खासगरी चौलानीले यो भूमिका खेल्छ । चामल भिजाएर हल्का खस्रो हुनेगरी पिस्ने र पानीसहितको पेस्ट कपालमा लगाएर १०–१५ मिनेटसम्म रहन दिने । यसपछि बिस्तारै–बिस्तारै रगड्दै नुहाउ“दा चाया हट्छ । चामलको पेस्टले कमाल मुलायम र चम्किलो पनि हुन्छ ।
नयाँ पत्रिकाबाट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘स्वस्थ शरीर, स्वस्थ सृजना’ नारासहित मकवानपुरमा ‘आरोग्य साहित्यिक यात्रा’ हुँदै
-
मौलापुरमा प्रमुख प्रशासकीय अधिकृत नपठाएको भन्दै प्रधानमन्त्री बालेनको पुतला दहन
-
प्रधानमन्त्रीसँग निर्माण व्यवसायीको गुनासो : म्याद थप, भुक्तानी र ठेक्का व्यवस्थापन चुनौती
-
विश्वकप क्वार्टरफाइनल अघि फ्रान्स र मोरक्को दुवै मारमा
-
स्ट्रेट अफ होर्मुजमा जहाज आवागमन ठप्प
-
प्रतिनिधि सभाकाे शून्य समयमा कसले के भने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण