मेवाको बियाँमा मह मिसाएर खानुहोस्, हुनेछन् यी ७ अपत्यारिला फाइदा
एजेन्सी
चैत १३ – प्राकृतिक औषधीको फाइदा र त्यसले स्वास्थ्यलाई पुर्याउने लाभ बुझेर आजकाल मानिसहरु प्रकृतिमा पाइने वस्तुप्रति आकर्षित हुन थालेका छन् । यसै सन्दर्भमा आज हामी तपाईंलाई एउटा यस्तो औषधीय गुणबारे जानकारी दिँदै छौं जसबारे हामीलाई पहिले थाहा थिएन ।
हामीमध्ये धेरैले मेवा त खाएका नै छौं । मेवा खाँदा यसभित्र हुने बियाँ त पक्कै पनि फाल्ने गर्छौं । तर अब यो खबर पढेपछि सायद तपाईंले यो फाल्नुहुँदैन होला । मेवाको बियाँमा मह मिसाएर खाँदा यसले सात प्रकारले तपाईंको स्वास्थमा सकारात्मक असर पुर्याउँछ ।
प्रयोग गर्ने तरिकाः
एउटा ठूलो चम्चा मेवाको बियाँ लिनुहोस् र यसमा एक चम्चा मह मिसाउनुहोस् । यसलाई राम्रोसँग मिसाएर दैनिक बिहान खाली पेटमा यसको सेवन गर्नुहोस् ।
फाइदाः
१. तपाईंको सिस्टमलाई सफा राख्छः
मेवाको बिउ र महको मिश्रणमा थुप्रै शक्तिशाली एसिड र एन्टी अक्सिडेन्ट हुन्छन् जसले पेटमा र शरिरको अन्य अंगमा भएको विषालु पदार्थ बाहिर निकाल्न सहयोग गर्दछ ।
२. पेटमा भएको किरा मर्दछः
यसमा एसिडको मात्रा अत्यधिक हुने भएकाले पेटको पाचन तन्त्रलाई प्रभावित गर्ने किरालाई मार्ने यो एक शानदार प्राकृतिक तरिका हो ।
३. तौल कम गराउन सहायकः
मेवाको बियाँ र महमा थुप्रै लिपिड र पोटासियम हुन्छ जसले पाचन क्रियालाई बढाउँछ । यसले तौल घटाउनमा सहयोगी भूमिका खेल्छ ।
४. मांसपेशी निर्माणमा मद्दतः
प्रोटिनको मात्रा अत्यधिक हुने भएको यो मिश्रण दैनिक सेवन गर्दा मांसपेशी निर्माणमा सहयोग गर्दछ र तपाईंलाई सेपमा रहन सहयोग गर्दछ ।
५. थकान भगाउँछः
यो मिश्रणमा ग्लूकोसिनालेट्स हुन्छ नसले थकानलाई टाढा राख्छ र शरिरको कोशिकालाई पोषण प्रदान गर्दछ ।
६. भाइरल र मौसमी ज्वारोसँड लड्न सहयोगीः
यो प्राकृतिक मिश्रणमा एन्टी–अक्सिडेन्ट भरपुर हुने भएकाले यसले रोग प्रतिरोधी क्षमता बढाउँछ र इन्फेक्सन र भाइरलसँग लड्न सहयोगी भूमिका निर्वाह गर्दछ ।
७. पुरुषमा प्रजनन क्षमता बढाउँछः
मेवाको बियाँमा थुप्रै इन्जाइम हुन्छ जसले पुरुषमा शुक्राणुको वृद्धि गर्दछ र प्रजनन क्षमतामा वृद्धि गर्दछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘स्वस्थ शरीर, स्वस्थ सृजना’ नारासहित मकवानपुरमा ‘आरोग्य साहित्यिक यात्रा’ हुँदै
-
मौलापुरमा प्रमुख प्रशासकीय अधिकृत नपठाएको भन्दै प्रधानमन्त्री बालेनको पुतला दहन
-
प्रधानमन्त्रीसँग निर्माण व्यवसायीको गुनासो : म्याद थप, भुक्तानी र ठेक्का व्यवस्थापन चुनौती
-
विश्वकप क्वार्टरफाइनल अघि फ्रान्स र मोरक्को दुवै मारमा
-
स्ट्रेट अफ होर्मुजमा जहाज आवागमन ठप्प
-
प्रतिनिधि सभाकाे शून्य समयमा कसले के भने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण