ब्रा किन्नुभन्दा पहिले याद राख्नुहोस् यी महत्वपूर्ण कुराहरु
एजेन्सी
चैत १४ – बजारमा धेरै विकल्प भएपनि महिलाहरु सधैं सही ब्रा छनोट गर्न असमर्थ हुन्छन् । ब्रा किन्ने तरिका थाहा नहुँदा महिलाहरु अन्त्यमा गलत वा महँगो ब्रालाई घरमा ल्याउँछन् ।
सही र फिट ब्रा खरिद गर्नु कठिन काम होइन । यो छान्नलाई थोरै समय लागेपनि असम्भव भने छैन । यहाँ यस्ता केही कुराहरु बारे जानकारी दिँदैछौं जसलाई ध्यानमा राखेर तपाईं उचित ब्रा छान्न सक्नुहुन्छ ।
कस्तो प्रकारको ब्रा छान्ने ?
ब्रा किन्न जानुभन्दा पहिले तपाईं कस्तो प्रकारको ब्रा किन्ने भन्ने विषयमा प्रष्ट हुनुपर्छ । आजकाल बजारमा विभिन्न प्रकार र शैलीका ब्रा पाइन्छन् । यदि तपाईं आफ्नो स्तनलाई थोरै ठूलो देखाउन चाहुनुहुन्छ भन्ने प्याडेड ब्रा सबैभन्दा राम्रो विकल्प हो । यदि तपाईं एक्स्ट्रा सपोर्टका लागि ब्रा खरिद गर्दै हुनुहुन्छ भने अण्डरवायर ब्रा किन्दा राम्रो । यस्तैगरी, यदि तपाईं स्पोर्टस्, जिम र अन्य एथलेटिक गतिविधिहरुका लागि ब्रा खरिद गर्न चाहनुहुन्छ भने तपाईं स्पोर्टस ब्रा खरिद गर्न सक्नुहुन्छ ।
पसलको छनोटः
ब्रालाई अनलाई खरिद नगर्नुहोस् । तपाईं भित्री बस्त्र मात्र पाइने पसलमा जानसक्नुहुन्छ जहाँ आरामसँग बसेर आफ्ना भित्रीवस्त्रको छनोट गर्न सकियोस् । खरिद गर्नुभन्दा पहिले यसलाई लगाएर पनि हेर्नुहोस् । यदि तपाईंलाई ब्रा को ब्रान्ड, साइज र प्रकार बारे सम्पूर्ण जानकारी छ भने मात्र यसलाई अनलाइनमार्फत किन्न सक्नुहुन्छ ।
आरामले सास फेर्न सकिने ब्रा किन्नुहोस्ः
यस्तो ब्रा किन्नुहोस्, जुन लगाएपछि आरामसँग सास फेर्न सकियोस् । कस्सिएको ब्रा नलगाउनुहोस् ।
स्तन बाहिर नदेखियोस्ः
कपबाट स्तन बाहिर ननिस्किने ब्रा किन्नुहोस् ।
ब्रा नसरोस्ः
तपाईंको ब्रा सजिलै नसरोस् । यदि यस्तो छ भने काँधको स्ट्रिप्सलाई मिलाउनुहोस् । यदि यस्तो गर्दा पनि ब्राको स्ट्रिप सर्छ वा खसिरहन्छ भने सम्भवतः तपाईंको ब्रा निकै खुकुलो छ ।
निहुरिएर हेर्नुहोस्ः
अगाडि तर्फ निहुरिनुहोस् र स्तन बाहिर निस्किरहेको छ / छैन हेर्नुहोस् । यदि बाहिर निस्किरहेको छ भने उक्त ब्रा तपाईंको लागि ठिक छैन ।
ब्रा आफ्नो स्थानमा रहिरहोस्ः
ब्रा लगाएर दायाँ–बायाँ फर्किनुहोस् । ब्रा आफ्नो स्थानमा बसिरह्यो भने मात्र किन्नुहोस् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘स्वस्थ शरीर, स्वस्थ सृजना’ नारासहित मकवानपुरमा ‘आरोग्य साहित्यिक यात्रा’ हुँदै
-
मौलापुरमा प्रमुख प्रशासकीय अधिकृत नपठाएको भन्दै प्रधानमन्त्री बालेनको पुतला दहन
-
प्रधानमन्त्रीसँग निर्माण व्यवसायीको गुनासो : म्याद थप, भुक्तानी र ठेक्का व्यवस्थापन चुनौती
-
विश्वकप क्वार्टरफाइनल अघि फ्रान्स र मोरक्को दुवै मारमा
-
स्ट्रेट अफ होर्मुजमा जहाज आवागमन ठप्प
-
प्रतिनिधि सभाकाे शून्य समयमा कसले के भने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण