यसरी गर्न सकिन्छ सुक्खा मौसममा बगैँचाको सुरक्षा
बुधबार, १६ चैत २०७३, १० : ५४
दिलीप बादे
वरिष्ठ उपाध्यक्ष, नेपाल फ्लोरिकल्चर एसोसिएसन
घर तथा कार्यालयमा रंगिबिरंगी फूल फुलाएर राख्ने चाहना धरैको हुन्छ । घरको आन्तरिक तथा बाह्य सजावटमा प्राकृतिक फूलले निकै नै महत्व राख्छ । यस्ता फूलले वातावरण नै प्रफुल्लित बनाउनुका साथै काम गर्ने जाँगर पनि बढाउँछ । बगैँचामा फूल फक्रिएको अवस्थामा आकर्षक देखिए पनि त्यसलाई जोगाउन भने मुस्किल पर्छ । मौसम र समयअनुसार बोटबिरुवा तथा फूलको स्याहार गर्ने तरिका थाहा पाउनुपर्छ ।
भर्खरै चिसो मौसम सकिएर सुक्खा, हावा तथा हुरी लाग्ने समय सुरु भएको छ । सोही कारण विशेष गरेर यो महिनामा बगैँचाका बोटबिरुवामा किरा तथा अन्य रोगले बढी आक्रमण गर्छ । मौसम परिवर्तन हुने कारण फूलको बिरुवालाई पनि विभिन्न रोगले सताउँछ । सोही कारण घरको भित्र तथा बाहिर बगैँचामा रहेका फूललाई विशेष ख्याल राख्नुपर्छ ।
सुक्खा मौसम भएकाले बोटबिरुवालाई प्रशस्त पानीको आवश्यकता पर्छ । त्यसैले गमला तथा बाहिर गार्डेनमा रहेको बिरुवामा हरेक दिन पानी प्रशस्त राख्नुपर्छ । अहिलेको समयमा प्रत्येक दिन बिहान सबै बिरुवामा पर्याप्त पानी राख्नुपर्छ । अझ दिन बढी सुक्खा भएमा बेलुका पनि पानी राख्नुपर्ने हुन्छ ।
बिरुवालाई रोगबाट बचाउन सूक्ष्म पौष्टिक तत्वहरु तथा आवश्यक मलहरू प्रशस्त मात्रामा दिनुपर्छ । यस्तो मल भने बिरुवाको प्रकृतिअनुसार विज्ञसँग सल्लाह लिएर मात्र दिनुपर्छ ।
हावाहुरी लाग्ने समयमा बिरुवा भाँचिने तथा बिग्रने डर हुन्छ । सोही कारण अहिलेको समयमा बाहिर भएका बिरुवाहरू कोमल र लामो डाँठ भएमा टेको दिएर अड्याउन सकिन्छ ।
फूल सजाउन अधिकांशले घरको छत तथा बार्दलीमा माटोको गमला राखेका हुन्छन् । यो मोसममा हावा बढी लाग्ने हुनाले गमला खसाल्ने सम्भावना पनि हुन्छ । जसले मानवीय क्षति पनि निम्त्याउन सक्छ । सोही कारण यस्ता गमला सुरक्षित तरिकाले तथा हावा नलाग्ने स्थानमा राख्नुपर्छ ।
यस्तो मौसममा कहिलेकाहीँ असिना पनि पर्न सक्छ । असिनाले कोमल फूल तथा बिरुवालाई असर पुर्याउन सक्छ । सोही कारण त्यस्ता बिरुवाको पहिचान गरी घरभित्र तथा असिनाले असर नगर्ने छानो भएको स्थानमा राख्नुपर्छ ।
नयाँ पत्रिकाबाट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘स्वस्थ शरीर, स्वस्थ सृजना’ नारासहित मकवानपुरमा ‘आरोग्य साहित्यिक यात्रा’ हुँदै
-
मौलापुरमा प्रमुख प्रशासकीय अधिकृत नपठाएको भन्दै प्रधानमन्त्री बालेनको पुतला दहन
-
प्रधानमन्त्रीसँग निर्माण व्यवसायीको गुनासो : म्याद थप, भुक्तानी र ठेक्का व्यवस्थापन चुनौती
-
विश्वकप क्वार्टरफाइनल अघि फ्रान्स र मोरक्को दुवै मारमा
-
स्ट्रेट अफ होर्मुजमा जहाज आवागमन ठप्प
-
प्रतिनिधि सभाकाे शून्य समयमा कसले के भने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण