बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

तपाईंलाई थाहा छ, बच्चा ग्याजेटमै रमाउँदा सिर्जनशीलता हराउँछ

बुधबार, १६ चैत २०७३, १० : ५६
बुधबार, १६ चैत २०७३
घरमा बच्चा धेरै चकचक गर्ने तथा दुःख दियो भनेर ग्याजेटमा भुलाउने अभिभावक धेरै छन् । यसरी तपाईंका बच्चा मोबाइल, ट्याब्लेटप्रेमी हुँदै छन् भने वेलैमा विचार पुर्‍याउनुहोस् । आवश्यकताभन्दा बढी ग्याजेटको प्रयोग हुँदा बच्चाले उनीहरूमा सिर्जनशीलता हराउँदै जाने एक अध्ययनले देखाएको छ । विश्वमा नै बच्चामा ट्याब्लेट या स्मार्टफोन चलाउने बानी बढ्दै जाँदा अस्ट्रेलियाको शैक्षिक संस्था राष्ट्रिय मूल्यांकन कार्यक्रमले गरेको एक अध्ययनले उक्त खुलासा गरेको हो । अध्ययनले बच्चाले स्मार्टफोन या ट्याब्लेट चलाउँदा भिन्न किसिमको प्राविधिक क्षमता बुझेको पाइए तापनि उनीहरूमा आफैँले गर्न सक्ने प्राविधिक कुशलता भने हराउँदै गएको देखाएको छ । जसले बच्चाको सिर्जनशीलता हराएको, प्रविधिको सही उपयोगमा कमी आउँदै गएकोसमेत उल्लेख गरेको छ । अस्ट्रेलियाका स्कुलमा प्रविधिको पढाइमा पहिलेभन्दा फरक तरिका अपनाउँदा पनि यस्तो अवस्था आएको हुन सक्ने अनुमान गरिएको छ । बच्चाहरू पहिलेकै प्रविधिमा अभ्यस्त हुँदा उनीहरूमा नयाँ सिक्ने उत्साह हुन नसकेको उल्लेख छ । पटक–पटक प्रविधि परिवर्तन हुँदा पनि बच्चाको सिकाइमा प्रभाव पर्ने अध्ययनले भनेको छ । यस अध्ययनमा १० हजार पाँच सय बच्चाले भाग लिएका थिए । चार वर्षसम्म (सन् २०११ बाट २०१४ को अन्तिम) प्रत्येक वर्ष गरिएको सर्वेक्षणलाई तुलना गरी रिपोर्ट सार्वजनिक गरिएको हो । रिपोर्टका अनुसार अध्ययन गरिएको सुरुको समय र पछिल्लो समयसम्म आइपुग्दा प्राविधिक साक्षरतामा बच्चाहरूका दुवै समूहमा धेरै कमी पाइएको थियो । नयाँ पत्रिकाबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप