बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

यी हुन् लसुनका आयुर्वेदिक विशेषता

बुधबार, १६ चैत २०७३, ११ : ००
बुधबार, १६ चैत २०७३
डा. सिद्धार्थ ठाकुर राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र मसलाका रूपमा प्रयोग हुने लसुन यस्तो बहुगुणकारी उत्पादन हो, जुन औषधिका रूपमा पनि प्रयोग हुन्छ । यसको वैज्ञानिक नाम अल्युम साटिरुम हो । संस्कृतमा यसलाई रसोन भन्ने गरिन्छ । लसुनलाई काँचै या पकाएर पनि खान सकिन्छ । औषधिको रूपमा काँचै खाए पनि हुने लसुन पकाएर भने मसलाको रूपमा प्रयोग गरिने आयुर्वेदिक औषधि पनि हो । मुख र पेट पोल्ने समस्या भएकाले लसुन सेवन गर्दा लाभदायक हुन्छ । त्यस्तै, लसुन खाँदा मुखमा एक किसिमको बासना पनि आउँछ । लसुनका विशेषता उच्च रक्तचापका समस्या हुने बिरामीले लसुन प्रयोग गर्नु फाइदाजनक हुन्छ । यसले रक्तचाप बढाउने खराब कोलेस्ट्रोल घटाएर राम्रो कोलेस्ट्रोल बढाइदिन्छ । लसुनको नियमित सेवनले हृदयाघात हुने जोखिमलाई पनि कम गराउन मद्दत गर्छ । त्यसैगरी, रगत जम्ने सम्भावना पनि कम गरिदिन्छ । कलेजोसम्बन्धी रोगबाट जोगाउन, शरीरमा भएको बोसोलाई कम गर्ने र विभिन्न किसिमको शारीरिक संक्रमण हुँदा यसको प्रयोग उपयोगी मानिन्छ । आयुर्वेदिक औषधिका रूपमा भारतीय उपमहाद्वीपमा यसको प्रयोग पाँच हजार वर्षदेखि गर्दै आएको पाइन्छ । चीनमा तीन हजार वर्षदेखि औषधिका रूपमा प्रयोग गरिँदै आएको तथ्यांक पाइन्छ । पहिलो र दोस्रो विश्वयुद्घमा चोट लागेपछि घाउको किटाणु नाश गर्न लसुन प्रयोग गरेको पाइन्छ । लसुनमा गरिएको अनुसन्धानअनुसार नौ सय एमजी पाउडर प्रत्येक दिन बनाएर खाएमा मुटुसम्बन्धी रोगबाट बच्न मद्दत गर्दछ । घाउ चाँडै निको पार्ने तत्वहरू प्रचुर रूपमा रहेको हुँदा कुनै प्रकारको घाउ चाँडै निको गर्दछ । लसुनको तेलले मधुमेहमा राम्रो काम गर्दछ । अध्ययन अनुसन्धानअनुसार लसुनले क्यान्सरबाट बचाउँछ । क्यान्सर भइसकेपछि त्यसको उपचारमा पनि प्रयोग गरिन्छ । पाचनसम्बन्धी रोग, बाथरोगमा विशेष  उपयोगी हुन्छ नयाँ पत्रिकाबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप