बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

निमोनिया यस्ता छन केही भ्रम, तपाईंले जान्दा राम्रो

बुधबार, १६ चैत २०७३, ११ : १२
बुधबार, १६ चैत २०७३
डा . विनोदकुमार साह बालरोग विशेषज्ञ फोक्सोमा असर गर्ने श्वासप्रश्वासको संक्रमण हो, निमोनिया । जब निमोनिया गराउने कीटाणु श्वासमार्ग हुँदै फोक्सोसम्म पुग्छ तब हावा भरिनुपर्ने फोक्सोभित्रका साना थैलीहरूमा पानी वा पिप जम्न पुग्छ । यस अवस्थामा शरीरमा अक्सिजनको मात्रा पूरा गर्न कठिन भई सास फेर्न गाह्रो हुन्छ । बिस्तारै फोक्सोबाहिर पनि पिप जम्छ । यो अवस्थामा व्यक्तिको ज्यानसमेत जान सक्छ । तर, निमोनियाबारे अधिकांशलाई केही भ्रम परेको पाइन्छ । डा. विनोदकुमार  साह भन्छन् : धेरैजसो निमोनिया श्वासप्रश्वासबाट एकअर्कामा सर्छ । तर, श्वासमार्गमा कीटाणु÷ब्याक्टेरिया प्रवेश हुँदैमा निमोनिया हुन्छ भन्नु भ्रम हो । प्रतिरोधी क्षमता बढी भएका व्यक्तिलाई निमोनियाको संक्रमणले असर गर्दैन । खासगरी साना बच्चा र बुढाबुढीलाई चिसो गढेर निमोनिया भयो भन्ने धेरै चर्चा हुन्छ । त्यसैले चिसो मौसममा नुहाउन, चिसो ठाउँमा बस्न र सर्दी लाग्छ भनेर चिनेको खानेकुरा खान नै मान्छेहरु डराउँछन् । तर, यो भ्रम हो । चिसोमा नुहाएर, केहीबेर चिसो ठाउँमा घुमेर तथा सर्दी लाग्ने खानेकुरा खाएर निमोनिया हँदैन । निमोनिया केबल कीटाणु संक्रमणले निम्त्याउने रोग हो । निमोनियाका कीटाणुबाट बचाउने खोप लगाएका बच्चामा संक्रमण नै हुँदैन भन्नु पनि भ्रम हो । तोकिएको समयमा पूर्ण डोजको खोप लगाउँदा निमोनिया धेरै हदसम्म रोकिए पनि कहिल्यै संक्रमण हुँदैन भन्ने चाहिँ गलत कुरा हो । श्वासप्रश्वासबाट मात्रै निमोनिया हुन्छ भन्नु पनि भ्रम हो । नवजात शिशुमा आमाको योनिमार्गबाट आउने फरक खालको ब्याक्टेरियाले निमोनिया निम्त्याउँछ । यो निकै कडा खालको हुन्छ । भाइरसले गर्ने संक्रमणले फोक्सोमा असर गराएर निमोनिया निम्त्याउने सम्भावना निकै कम हुन्छ । तर, ब्याक्टेरियाको संक्रमणले चाहिँ निमोनिया गराउँछ । यस्तो निमोनियामा उपयुक्त खालको एन्टिबायोटिक खाने तथा सुईमार्फत लगाउने गर्नुपर्छ । त्यसैले सबैखाले निमोनियालाई एउटै खाले ठान्नु पनि भ्रम हो । कडा ज्वरो नआए निमोनिया भएको हुँदैन भन्ने अधिकांशको बुझाइ छ । तर, कतिपय अवस्थामा कडा ज्वरोविना नै निमोनिया भइसकेको हुन्छ । कसैलाई भने ज्वरो आउँछ । खोकी लाग्नु, छिटो–छिटो सास फेर्नु, कोखा हान्नु, घ्यार–घ्यार गर्नु र छाती दुख्नु निमोनिया हुँदा देखिने केही लक्षण हुन् । नयाँ पत्रिकाबाट  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप