बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

यस्ता सामान्य गल्तीले कम्प्युटरमा समस्या

बुधबार, १६ चैत २०७३, ११ : १९
बुधबार, १६ चैत २०७३
सुदीप घिमिरे, आइटी प्रशिक्षक, डिआइटी सोलुसन, बागबजार कम्प्युटर प्रयोगकर्ताले सामना गर्ने धेरै समस्याहरूमध्ये डिस्प्ले नदेखिने पनि एक हो । यस्ता कतिपय सामान्य समस्या समाधान गर्ने तरिका थाहा नपाउँदा ठूलै तनाव व्यहोर्नुपर्ने हुन्छ । कतिपय अवस्थामा हामीले गर्ने सामान्य लापरबाही तथा असावधानीले यस्तो समस्या देखिन सक्छ । दैनिक प्रयोग गर्दै आएको कम्प्युटरको मोनिटरमा डिस्प्ले नआउनुका कारण यस्ता हुन सक्छन् : कम्प्युटरको मोडेलअनुसार कुनै कम्प्युटरमा दुई–तीनवटा डिस्प्ले पोर्ट हुन्छ । मोडेलअनुसार ग्राफिक्स कार्ड, भिजिए पोर्ट छ भने ग्राफिक्स कार्डको पोर्टमा मोनिटरको  लाइन जोड्नुपर्छ । कहिलेकाहीँ मोनिटरको लाइन सिपियूमा कनेक्ट नहुँदा पनि डिस्प्ले नआएको हुन सक्छ । मोनिटरमा डिस्प्ले नदेखिएमा कम्प्युटर र मोनिटरमा इलेक्ट्रिक लाइन आएको छ÷छैन, चेक गर्नुपर्छ । कम्प्युटर अन गर्दा स्ट्याटस विन्डो डिस्प्ले देखाउँछ भने मोनिटर ठीक छ भन्ने बुझिन्छ । यस्तो डिस्प्ले नदेखाउँदा मोनिटरको मेनु बटन, पावर बटन एकपटक थिच्ने । यो थिच्दा अब स्ट्याटस विन्डो डिस्प्ले देखायो भने मोनिटरमा समस्या छैन र भिडियो केबल, सिपियूमा समस्या छ भन्ने बुझिन्छ । मोनिटरको ब्राइटनेस, कन्ट्र्यान्स लेभल पनि चेक गर्नुपर्छ । स्क्रिन डार्क छ भने पनि डिस्प्ले देखिँदैन । स्क्रिनसेभर वा स्लिप मोडमा गएको छ भने पनि डिस्प्ले नदेखिन सक्छ । यस्तो वेलामा माउस चलाएर वा किबोर्डमा जुनसुकै की थिचेर हेर्न सकिन्छ माउस र किबोर्डको पोर्ट राम्रोसँग जडान भएको छ÷छैन, चेक गर्ने । पिएस टु छ भने एकपटक निकालेर पुनः त्यही पोर्टमा जडान गर्दा हुन्छ । युएसबी छ भने अन्य पोर्टमा पनि ट्राई गर्ने । माउसमा लाइट आएन भने यसले काम नगरेको भन्ने बुझिन्छ । माउस परिवर्तन गर्नुपर्ने हुन्छ । नम लक, क्याप्स लक थिच्दा बत्ती बलेन भने किबोर्डले काम नगरेको भन्ने थाहा हुन्छ । यस्तो समस्या आएमा पनि किबोर्ड नै परिवर्तन गर्नुपर्छ । वायरलेस किबोर्ड र माउस छ भने त्यसको ब्याट्री परिवर्तन गरेर परीक्षण गर्ने । नयाँ पत्रिकाबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप