कुन कोठामा कस्तो कार्पेट ?
बुधबार, १६ चैत २०७३, ११ : २६
घरको आन्तरिक आकर्षण तथा सजावटमा कार्पेटको महत्वपूर्ण भूमिका हुन्छ । त्यसैले घर या कोठाको अवस्था, उपयोगिता तथा स्थानअनुसार कार्पेट छनोट गर्न विशेष विचार पुर्याउनुपर्छ । अहिले बजारमा धेरै मोडल, कलर तथा डिजाइनका कार्पेट उपलब्ध छन् । त्यसैले टायल तथा उड फ्लोरिङजस्तै कार्पेट खरिद गर्दा पनि सावधानी अपनाउनुपर्छ । यसरी विचार नपु¥याई कार्पेट खरिद गर्दा चाँडै बिग्रने, कलर खुइलिनेलगायतका समस्या निम्तिन सक्छ । यस्तो भएमा कार्पेटको मात्र नभएर पूरै कोठाको आकर्षण पनि बिग्रन सक्छ । घर या कोठामा आवश्यकताअनुसार कार्पेट खरिद गर्दा विचार पुर्याउनुपर्ने पक्षबारे एमके स्टोरका सञ्चालक मनोज श्रेष्ठको सुझाब यस्तो छ:
आफ्नो बजेटको सिलिङ हेरेर नै कार्पेट छनोट गर्नुपर्छ । महँगो हुँदैमा राम्रो हुन्छ भन्ने मान्यता राखेर कार्पेट छनोट गर्नु हुँदैन । आवश्यकताअनुसार फरक–फरक डिलरहरूसँग सम्पर्क गरेर कार्पेटको गुणस्तर तथा मूल्यबारे थाहा पाउन सकिन्छ ।
यदि घरमा बच्चा तथा कुकुरलगायतका अन्य घरपालुवा जन्तु पालिएको छ भने कार्पेट खरिद गर्दा विचार पुर्याउनुपर्छ । यस्तो अवस्थामा मर्मत तथा हेरचाह गर्न सजिलो र सस्तो कार्पेट छनोट गर्नु बुद्धिमानी हुन्छ ।
बजारमा जानुअघि आफ्नो बजेटका साथसाथै कार्पेटका बारेमा आवश्यक जानकारी लिनु फाइदाजनक हुन्छ । कोठाको आकार तथा अवस्थाअनुसार उपयुक्त कार्पेट छनोट गर्नुपर्छ ।
कार्पेटको बनावट र रङले कोठाको प्रकाश र सजावटलाई प्रत्यक्ष प्रभाव पार्छ । भेल्भेटको कार्पेट डाइनिङ रुमका लागि उपयुक्त र आकर्षक पनि हुन्छ । चिल्लो कार्पेटमा खुट्टा या अन्य वस्तुहरूको पनि निशाना देखिने सम्भावना हुन्छ । कोठाको भुइँमा खाल्टो या समतल छैन भने पसलेको सल्लाहअनुसार रुवा भएको तथा अन्य त्यस्तै खालको कार्पेट छनोट गर्न सकिन्छ ।
कार्पेट बनाउनका लागि प्रयोग गरिएको धागोको गाँठोमा विशेष ध्यान दिनुपर्छ । यस्तो धागो जति बढी कसिएको हुन्छ धागो फुस्किने सम्भावना पनि त्यति नै कम हुन्छ । एउटा धागोमा जति बढी गाँठो हुन्छ कार्पेट पनि त्यति नै बढी बाक्लो हुन्छ । जसले गर्दा कार्पेट कुल्चिदा खुट्टाको दाग बस्ने सम्भावना कम हुन्छ ।
अहिले बजारमा स्टेन फ्री कार्पेट पनि आइसकेको छ । कार्पेट प्रयोग गर्दा सबैभन्दा बढी दुःख यसको सरसफाइमा हुन्छ । सोही कारण माटो तथा अन्य दागबाट सुरक्षित राख्न स्टेन फ्री कार्पेट महत्वपूर्ण हुन्छ ।
नयाँ पत्रिकाबाट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आफ्नै शरीरमा आगो लगाउने पुरुषको पहिचान खुल्यो
-
विश्वकपमा ब्राजिलको बिजोग : एन्चेलोटीको रणनीतिमा कहाँ भयो गल्ती?
-
कैदीबन्दीको अवस्थासम्बन्धी अध्ययन गर्न गठित संसदीय उपसमितिको कार्यअवधि थप
-
सुनुवाइ प्रक्रियालाई पारदर्शी र प्रभावकारी बनाउनुपर्छ : वर्षमान पुन
-
चिकित्सा शिक्षा आयोगको कोष सञ्चालन कार्यविधि स्वीकृत
-
मुरारी बापुलाई जनकपुर आश्रममा निमन्त्रणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण