बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय

गर्मीमा उखुको रस पिउनुका १० फाइदा

बुधबार, २३ चैत २०७३, १६ : २५
बुधबार, २३ चैत २०७३

काठमाडौँ, चैत २३ – गर्मीमा उखुको रस पिउनुको धेरै फाइदाहरु रहेका छन् ।

डाक्टरहरु एक दिनमा कम्तीमा १ ग्लास उखुको रस पिउनुपर्छ ।

तर, यसलाई पिउँदा केही कुरामा ध्यान दिनुपर्ने उनीहरुको सुझाव रहेको छ ।

यस्ता छन् फाइदाहरु : १. यसले शरीरमा कोलेस्ट्रोलको मात्रा घटाउन मद्दत गर्छ । यसले मुटुका रोगीहरुलाई धेरै फाइदा गर्छ ।

२. यसमा क्याल्सियमको मात्रा धेरै हुन्छ । यसले हड्डीलाई दह्रो बनाउन मद्दत गर्छ ।

३. यसमा ग्लुकोज पाइन्छ । यसले कमजोरी हटाएर तुरुन्त शक्ति प्रदान गर्छ ।

४. यसले पिउँदा शरीरमा बोसो पगाल्ने प्रक्रिया चाँडो हुन्छ । यसले मोटामा कम गर्न मद्दत गर्छन् ।

५. यसमा एन्टिअक्सिडेन्ड पनि पाइन्छ । यसले रुघाजस्ता इन्फेक्सनबाट बच्न मद्दत गर्छ ।

६. यसले छाला र कपाललाई पनि फाइदा गर्छ ।

७. उखुको जुसमा आइरन पनि पाइन्छ । यसले रगतको कमीबाट हुने एनिमियाबाट बचाउन मद्दत गर्छ ।

८. यसले क्यान्सरजस्ता रोगहरुबाट पनि बच्न मद्दत गर्छ ।

९. यसमा म्याग्नेसियम पनि पाइन्छ । यसले शरीरको दुखाईबाट राहत दिन्छ ।

१०. यसमा फोसफोरस पाइन्छ । यसले दाँतलाई मजबुत बनाउन मद्दत गर्छ भने गिजाको समस्याबाट बच्न पनि मद्दत गर्छ ।

तर, पिउँदा यी कुरामा ध्यान दिनुहोस्

१. उखुको रस पिउँदा एक चिम्टी नुन मिलाउनुहोस् । यसले घाँटी खस्खस्याउनबाट जोगाउँछ ।

२. उखुको रसमा बरफ हाल्दा ध्यान दिनुहोस् । बरफ सफा पानीबाट त बनाइएको छ भन्ने सुनिश्चित गर्नुहोस् ।

३. उखुको रस ताजा नै पिउनुहोस् । धेरै पछि पिउँदा यसमा विषालु तत्वहरु बनिन थाल्छन् जसले पेटमा समस्या पैदा गर्न सक्छ ।

४. डाइबिटिज हुनेहरुले उखुको रस नपिउनुहोस् । यसले शरीरमा चिनीको मात्रा बढाउँछ ।

५. उखुको रस बनाउँदा सरसफाइको ध्यान दिनुहोस् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप