अदालतको आदेश विरुद्ध विद्यार्थीको प्रर्दशन हुने
शनिबार, २३ वैशाख २०७४, १३ : ११
बैशाख २३, काठमाडौं– अखिल(क्रान्तिकारी) ले प्रधानन्यायाधीश सुशिला कार्की विरुद्ध संसदमा दर्ता भएको महाअभियोगको प्रस्तावलाई अघि नवढाउन र निलम्बित कार्कीलाई हिजैबाट अदालत फर्की कार्य सम्पादन गर्ने गरी दिएको आदेशले संसदको विशेषाधिकार र संविधानको सर्वोच्चताको गम्भीर उल्लङ्गन गरेको बताएको छ । क्रान्तिकारीका अध्यक्ष नरेन्द्र न्यौपाने विज्ञप्ती निकालेर भनेका छन्
–आज प्रधानन्यायाधीश सुशिला कार्की विरुद्ध संसदमा दर्ता भएको महाअभियोगको प्रस्तावलाई अघि नवढाउन र निलम्बित कार्कीलाई आजैवाट अदालत फर्की कार्य सम्पादन गर्ने गरी सर्वोच्चले जारी गरेको अन्तरिम आदेश उपर हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। यो आदेशले जननिर्वा्चित संसदको विशेषाधिकार र संविधानको सर्वोच्चताको गम्भीर उल्लङ्गन गरेको छ।
–नेपालको संविधानको धारा १०१ को उपधारा २ वमोजिम प्रधानन्यायाधीश विरुद्ध महाअभियोगको प्रस्ताव दर्ता भएपछि सोही धाराको उपधारा ६ वमोजिम उक्त प्रस्तावको किनारा नलाग्दासम्म निजलाई कार्यसम्पादन गर्न रोक लाग्ने स्पष्ट ब्यवस्था रहेको छ। संविधानसम्मत ढंगले प्रकृया पुर्याएर दर्ता भई छलफल तर्फ अघि वढेको महाअभियोगको प्रस्तावलाई रोक लगाउने गरी आएको यो आदेशले धारा १०३ वमोजिम सार्वभौम संसदको विशेषाधिकारको गम्भीर उल्लङगन गरी संसदको अपहेलना गरेको छ।
–यसप्रकार संवैधानिक र कानुनी आधारलाई लत्याएर राजनीतिक र भावनात्मक तर्कको सहरा लिई जारी गरिएको यो आदेश अविलम्ब खारेज गर्न माग गर्दछौं। यस असंवैधानिक आदेशका विरुद्ध आज वैशाख २३ गते काठमाडौंहित देशका पचतरै जिल्लामा प्रदर्शन गरिने समेत जानकारी गराउन चाहन्छौं।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यमन द्वन्द्वको ‘कुनै सैन्य समाधान छैन’ : इरानी विदेशमन्त्री
-
शिक्षा सचिव पौडेलद्वारा डा. केसीसँग अनौपचारिक संवाद
-
दुध अभावमा तीन महिनादेखि चितवन मिल्क बन्द
-
प्रहरी हुँ भन्दै रासबिता ट्राभल्समा पसेर कर्मचारीमाथि दुर्व्यवहार गरेको आरोप
-
यसरी बाहिरिएको थियो त्रिवि एमबीएसको प्रश्नपत्र
-
लुम्बिनीमा सत्ता फेरबदल : कांग्रेस बाहिरिँदै, बजेट संशोधन गर्ने नेकपाको अडान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण