‘कसिनो रोयल’ की नायिका दालिआ लवीको निधन, इजराइलमा हुनेछ अन्तिम संस्कार
शनिबार, २३ वैशाख २०७४, १३ : १३
एजेन्सी
बैशाख २३ – हलिउड फिल्म ‘कसिनो रोयल’ (सन् १९६७) की नायिका दालिआ लवीको ७४ को उमेरमा निधन भएको छ । परिवारले उनको मृत्युको खबर पुष्टि गर्दै दालियाले उत्तर क्यारोलिनाको एशविलेस्थित आफ्नो घरमा मे ३ तारिखमा अन्तिम सास लिएको जानकारी दिए । उनको अन्तिम संस्कार इजराइलमा हुनेछ । स्मरण रहोस् दालिआलाई फिल्ममा जासूसीको भूमिका र ड्रामाका लागि चिनिन्छ । उनी सेक्स सिम्बोलको रुपमा पनि चर्चित थिइन् ।
लवीले चार्ल्स ग्यान्ससँग विवाह गरिन् । उनका तीन छोरा रोबेन, अलेक्जेन्डर, स्टिफन र एक छोरी क्याथी रोथम्यान छन् । सन् १९४२ को अक्टोबर १२ तारिखमा फिलिस्तानमा जन्मिएकी लेवीले स्विडेनको स्टकहोमबाट पढाई पूरा गरेकी थिइन् । उनको डेब्यू फिल्म सन् १९५५ मा आएको ‘द पिपल अफ हेम्सो’ हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा सचिव पौडेलद्वारा डा. केसीसँग अनौपचारिक संवाद
-
दुध अभावमा तीन महिनादेखि चितवन मिल्क बन्द
-
प्रहरी हुँ भन्दै रासबिता ट्राभल्समा पसेर कर्मचारीमाथि दुर्व्यवहार गरेको आरोप
-
यसरी बाहिरिएको थियो त्रिवि एमबीएसको प्रश्नपत्र
-
लुम्बिनीमा सत्ता फेरबदल : कांग्रेस बाहिरिँदै, बजेट संशोधन गर्ने नेकपाको अडान
-
हिमालयन १०० एडिसन–३ चेसको उपाधि सन्देशलाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण