शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

चार दलित महिला सदस्य निर्विरोध

शनिबार, २३ वैशाख २०७४, १३ : १५
शनिबार, २३ वैशाख २०७४

रसुवा, २३ वैशाख । उत्तरी रसुवाको पार्वतीकुण्ड गाउँपालिकामा चारजना दलित महिला निर्विरोध निर्वाचित भएका छन् । निर्वाचन अधिकृत विश्वबन्धु पौडेलका अनुसार पार्वतीकुण्ड गाउँपालिकाको पाँच वडामध्ये दुईवटा वडामा नेकपा (एमाले)का उम्मेदवार तथा एक÷एक वडामा क्रमशः नेकपा (माओवादी केन्द्र) र नयाँ शक्ति पार्टी नेपालका उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । एमालेका तर्फबाट वडा नं १ मा जुरेली कामी र वडा नं ५ मा चरिमाया विश्वकर्मा, नयाँ शक्तिका तर्फबाट वडा नं २ मा श्रीमाया कामी र माओवादी केन्द्रबाट वडा नं ४ मा हिरा विश्वकर्मा निर्विरोध निर्वाचित भएका छन् । यसैगरी कालिका गाउँपालिकाको वडा नं १ मा दलितवस्ती भए पनि दलित महिला सदस्यमा उम्मेदवारी नपरेको उक्त गाउँपालिकाका निर्वाचन अधिकृत राजेन्द्रदेव पाण्डेले बताए ।

त्यस्तै गोसाइँकुण्ड गाउँपालिकाको वडा नं १, २, ३ र ४ मा कुनै पनि दलित महिला सदस्यको उम्मेवारी नपरेको सहायक निर्वाचन अधिकृत ढाकाराम पौडेलले जानकारी दिए ।

रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप