सर्वोच्चको आदेशविरुद्ध कांग्रेस र माओवादीका भातृ संगठन सडकमा
शनिबार, २३ वैशाख २०७४, १३ : १९
काठमाडौं, बैशाख २३– सर्वोच्च अदालतले प्रधानन्यायाधीश सुशीला कार्कीमाथि लागेको महाभियोग प्रस्ताव अघि नबढाउन आदेश दिएसँगै नेपाली कांग्रेसका युवा तथा विद्यार्थी संगठनले शसक्त प्रतिरोध गर्ने चेतावनी दिएको छ । यस्तै माओवादी केन्द्र निकटको अखिल क्रान्तिकारीले पनि कडा टिप्पणी गरेको छ ।
नेविसंघले एक विज्ञप्ति जारी गदै सर्वोच्चले संसदको विशेषाधिकारमाथि ठाडो हस्तक्षेप भएको ठहरसहित आदेशबाट नेपालको संसदीय व्यवस्थालाई नै धरापमा पार्ने षडयन्त्रको पर्दाफास भएको नेविसंघले दाबी गरेको छ ।
यस्तै तरुण तलले नेपाली जनतालाई फेरि पनि अन्धकार र निरंकुशतातर्फ धकेल्ने षडयन्त्र भएको गरेको छ ।
माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले सर्वोच्चको आदेशले संसदीय सर्वोच्चता र लोकतन्त्रमाथि प्रहार भएको भन्दै खारेज गर्न माग गरेको छ ।
क्रान्तिकारीका अध्यक्ष नरेन्द्र न्यौपानेले विज्ञप्ति निकालेर भनेका छन्, ‘संवैधानिक र कानुनी आधारलाई लत्याएर राजनीतिक र भावनात्मक तर्कको सहारा लिई जारी गरिएको यो आदेश अतत्काल खारेज गर्न माग गर्दछौं ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा सचिव पौडेलद्वारा डा. केसीसँग अनौपचारिक संवाद
-
दुध अभावमा तीन महिनादेखि चितवन मिल्क बन्द
-
प्रहरी हुँ भन्दै रासबिता ट्राभल्समा पसेर कर्मचारीमाथि दुर्व्यवहार गरेको आरोप
-
यसरी बाहिरिएको थियो त्रिवि एमबीएसको प्रश्नपत्र
-
लुम्बिनीमा सत्ता फेरबदल : कांग्रेस बाहिरिँदै, बजेट संशोधन गर्ने नेकपाको अडान
-
हिमालयन १०० एडिसन–३ चेसको उपाधि सन्देशलाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण