बालबालिकाको प्रयोगबारे अनुगमन
रत्ननगर (चितवन), २३ वैशाख । चितवनमा स्थानीय तहको निर्वाचनका लागि राजनीतिक दलले चुनावी प्रचार अभियान तीव्रपारेसँगै बालबालिकाको प्रयोगबारे अनुगमन सुरु भएको छ । महिला तथा बालबालिका कार्यालयका प्रमुख शान्ता पौडेलले जिल्लाका सातवटै स्थानीय तहमा टोली परिचालन गरेर अनुगमन सुरु भएको जानकारी दिए ।
बालबालिकाको क्षेत्रमा काम गर्ने विभिन्न सङ्घ संस्थाको सहभागितामा बनाइएको समितिमार्फत अनुगमन थालिएको हो । कार्यालय प्रमुख पौडेलको संयोजकत्वमा बनेको अनुगमन समितिमा जिल्ला प्रशासन कार्यालय, प्रहरी कार्यालय, उद्योग वाणिज्य सङ्घ, भरतपुर महानगरपालिका, शिक्षक महासङ्घ, इन्सेक, जिल्ला बालकल्याण समिति, सिविन नेपाल, बाल सञ्जाल, केन्द्रिय बालकल्याण समिति र पत्रकार महासङ्घका प्रतिनिधि सहभागी छन् । उनीहरुलाई क्षेत्रगत रुपमा कार्यविभाजन गरेर अनुगमन सुरु थालिएको छ । निर्वाचन आचारसंहिताको बुँदा नं ४(ड) मा ‘निर्वाचन प्रचारप्रसार आमसभा तथा जुलुसमा बालबालिकाको प्रयोग गर्न र गराउन नहुने’ उल्लेख छ ।
रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा सचिव पौडेलद्वारा डा. केसीसँग अनौपचारिक संवाद
-
दुध अभावमा तीन महिनादेखि चितवन मिल्क बन्द
-
प्रहरी हुँ भन्दै रासबिता ट्राभल्समा पसेर कर्मचारीमाथि दुर्व्यवहार गरेको आरोप
-
यसरी बाहिरिएको थियो त्रिवि एमबीएसको प्रश्नपत्र
-
लुम्बिनीमा सत्ता फेरबदल : कांग्रेस बाहिरिँदै, बजेट संशोधन गर्ने नेकपाको अडान
-
हिमालयन १०० एडिसन–३ चेसको उपाधि सन्देशलाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण