चितवन ल्याइएका दुई वटा बाह्रसिङ्गे मरे
शनिबार, २३ वैशाख २०७४, १३ : २७
नारायण ढुङ्गाना
रत्ननगर (चितवन), २३ वैशाख । शुक्लाफाँटाबाट चितवन राष्ट्रिय निकुञ्जमा स्थानान्तरण गरिएको दुई वटा बाह्रसिङ्गे मरेको छ ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका महानिर्देशक मानबहादुर खड्काले निकुञ्जमा ल्याइएकामध्ये दुई वटा पोथी बाह्रसिङ्गे मरेको आज जानकारी दिनुभयो । केही दिनअघि एउटा बाह्रसिङ्गे ल्याएकै दिनमा मरेको हो भने अर्काे ल्याएको एक दिनपछि मरेको हो । टाढाबाट १६,१७ घन्टाको यात्रामा ल्याइएकाले दबाब परेको र गर्मी पनि बढेकाले बाह्रसिङ्गे मरेको अनुमान गरिएको निकुञ्जले जनाएको छ ।
बाह्रसिंगे अति संवेदनशिल जनावर हो । गर्मी बढेकाले अहिले स्थानान्तरण प्रक्रिया स्थगित गरिएको चितवन निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले जानकारी दिए ।
उहाँका अनुसार निर्वाचनमा कर्मचारी पनि खटाउनु पर्ने अबस्था आएकाले पनि कार्यक्रम रोक्नु परेको हो ।
चितवन निकुञ्जमा ल्याइएको सात मध्य २ वटा बाह्रसिंगे मरेपछि पाँच वटा मात्रै रहेका छन् । जसमा २ भाले र ३ पोथी रहेको अर्यालले जानकारी दिए ।
कञ्जनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट चितवनमा ५ भाले सहित २५ वटा बाह्रसिंगे ल्याउने योजना छ ।
जाडो मौसमको उपयुक्त समयमा अन्य बाह्रसिंगे ल्याईने निकुञ्ज विभागका महानिर्देशक खड्काले जानकारी दिए ।
स्थानान्तरणको काम यही वैशाख १३ गतेदेखि शुरु भएको थियो ।
बाह्रसिंगे नियन्त्रणमा लिन चितवन निकुञ्जका बरिष्ठ पशु चिकित्सक कमल गैंरेको नेतृत्वमा बर्दिया र शुक्लाफाँटाका कर्मचारी तथा प्राविधिकहरु गरी ३० जनाको टोली खटिएका थिए ।सरकारी निर्णय अनुसार प्रजाती संरक्षण र विस्तारका लागि यसरी स्थानान्तरण गरिएको चितवन निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले जानकारी दिए ।
चितवन निकुञ्ज भित्रको पुरानो पदमपुरमा ३० हेक्टर क्षेत्रमा तारबार लगाएर अर्ना र बाह्रसिंगे राखिएको छ ।
रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा सचिव पौडेलद्वारा डा. केसीसँग अनौपचारिक संवाद
-
दुध अभावमा तीन महिनादेखि चितवन मिल्क बन्द
-
प्रहरी हुँ भन्दै रासबिता ट्राभल्समा पसेर कर्मचारीमाथि दुर्व्यवहार गरेको आरोप
-
यसरी बाहिरिएको थियो त्रिवि एमबीएसको प्रश्नपत्र
-
लुम्बिनीमा सत्ता फेरबदल : कांग्रेस बाहिरिँदै, बजेट संशोधन गर्ने नेकपाको अडान
-
हिमालयन १०० एडिसन–३ चेसको उपाधि सन्देशलाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण