को हुन् स्वर्गिय मार्शल जुलुम शाक्य ?
काठमाडौं, बैशाख २३–नेपाली कांग्रेसका नेता एवं पूर्व मन्त्री मार्शल जुलुम शाक्यको आज विहान राजधानीको ग्राण्डी अस्पतालमा उपचारका क्रममा निधन भएको छ । वि.सं. १९९६ असोज २३ गते जन्मिएका ७७ वर्षीय स्व. शाक्य विगत केही समयदेखि मुटु सम्बन्धी रोगबाट पीडित थिए । स्व. शाक्य वि.सं. २०४३ देखि २०४५ सम्म नेपाली कांग्रेस जिल्ला कार्यसमिति, काठमाडौंको कार्यवाहक सभापति थिए र त्यसपछि केही समयसम्म जिल्ला सभापति समेत रहेको स्मरण नेपाली कांग्रेसले गरेको छ ।
शाक्य नेपाली कांग्रेसका संस्थापक नेताहरु— बी.पी. कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईसँग अत्यन्त नजिकमा रहेर राजनीतिमा सक्रिय रहेका थिए । मार्शल जुलुम शाक्य नेपाल विद्यार्थी संघका संस्थापक सदस्य समेत थिए भने वि.सं. २०४६ सालको जनआन्दोलनका क्रममा केन्द्रीय एक्सन कमिटीको सदस्य थिए । शाक्य वि.सं. २०४७ सालमा नेपाली काग्रेसका तत्कालीन कार्यवाहक सभापति एवं सन्तनेता कृष्णप्रसाद भट्टराईको नेतृत्वमा गठित अन्तरिम सरकारमा यातायात तथा आपूर्ति मन्त्री थिए । नेपालको संविधान २०४७ जारी गर्नमा समेत स्वर्गीय शाक्यले अहम् भूमिका निर्वाह गरेका थिए । वि.सं. २०१७ सालमा राजा महेन्द्रले प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालालाई अपदस्थ गरे पछि त्यसको विरोध गर्दै अदम्य साहसका साथ सडकमा उत्रने शाक्य पहिलो व्यक्ति थिए । शाक्यलाई तत्कालीन पञ्चायती व्यवस्थाले गिरफ्तार गरेको थियो । पहिलो पटक यसरी गिरफ्तारीमा परेका शाक्यलाई तत्कालीन व्यवस्थाले ७ वर्षसम्म जेलमा राखेको थियो । नेपालमा प्रजातन्त्र स्थापना र पुनस्र्थापनाका क्रममा संचालित हरेक आन्दोलन र संघर्षमा संलग्न रहँदा उनले १४ वर्ष भन्दा बढी समय जेलजीवन व्यतित गरेका थिए । स्वर्गीय शाक्यले काठमाडौँ र देशका विभिन्न भागमा गरी करीब २ वर्ष भूमिगत जीवन समेत व्यतित गरेका थिए ।
यसैबीच नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उनको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् । सभापति देउवाले एक विज्ञप्ति जारी गर्दै भनेका छन्— “नेपालमा लोकतन्त्र स्थापना र पुनस्र्थापनमा सक्रिय भूमिका निर्वाह गर्नु भएका नेपाली कांग्रेसका नेता एवं पूर्व मन्त्री मार्शल जुलुम शाक्यको निधनको खबरले मलाई अत्यन्त मर्माहत र स्तब्ध बनाएको छ । स्व. शाक्यले पार्टीको संगठन विस्तार र नेपालमा प्रजातन्त्र स्थापना र पुनस्र्थापनामा जीवनपर्यन्त अनवरत रुपमा नेपाली कांग्रेसमा रहेर महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएको थियो । लामो त्याग र वलिदानबाट प्राप्त नेपालको संविधान कार्यान्वयनको चरणमा भएको उहाँको निधनले नेपाली कांग्रेसलाई अपूरणीय क्षति पुगेको छ । उहाँको निधनप्रति म गहिरो दुःख व्यक्त गर्दछु । साथै, दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै उहाँका शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछु ।”
उनको पार्थिव शरीरलाई आज अपरान्ह २ः०० बजेदेखि ४ः०० बजेसम्म पार्टीको केन्द्रीय कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिनेछ र ततपश्चात काठमाडौँको टेकु दोभान स्थित घाटमा अन्तिम संस्कार गरिने कार्यक्रम रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा सचिव पौडेलद्वारा डा. केसीसँग अनौपचारिक संवाद
-
दुध अभावमा तीन महिनादेखि चितवन मिल्क बन्द
-
प्रहरी हुँ भन्दै रासबिता ट्राभल्समा पसेर कर्मचारीमाथि दुर्व्यवहार गरेको आरोप
-
यसरी बाहिरिएको थियो त्रिवि एमबीएसको प्रश्नपत्र
-
लुम्बिनीमा सत्ता फेरबदल : कांग्रेस बाहिरिँदै, बजेट संशोधन गर्ने नेकपाको अडान
-
हिमालयन १०० एडिसन–३ चेसको उपाधि सन्देशलाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण