‘डियर माया’को ट्रेलर लञ्च, मनिषा कोइरालाले सबैलाई चकित पारिन्
एजेन्सी
बैशाख २३ – आफ्नो जमानाको चर्चित अभिनेत्री मनिषा कोइराला चाँडै नै ठूलो पर्दामा फिर्ता हुँदैछिन् । उनको बहुप्रतिक्षित फिल्म ‘डियर माया’ को ट्रेलर रिलिज भएको छ । यो फिल्ममा मनिषा एक बूढी महिलाको भूमिकामा देखिएकी छिन् जो घरमा एक्लै बस्छिन् । अचानक उनले लभ लेटर पाउन थाल्छिन् र उनलाई प्रेम हुन्छ ।
वास्तवमा स्कूलमा पढ्ने दुई किशोरी मायाको बारेमा जान्न चाहन्छन् । उनीहरु मायाले घरभन्दा बाहिरको दुनियाँ पनि देखोस् भन्ने चाहन्छन् र यसका लागि एक ट्रिक प्रयोग गर्दछन् । ट्रेलरमा देखाइए अनुसार ती दुई किशोरीले मायालाई काल्पनिक प्रेमपत्र लेख्छन् र मायाले ती चिठ्ठीमाथि विश्वास गर्दछन् । मायाको जिन्दगीमा ती प्रेमपत्रले एक नयाँ मोड आउँछ, उनको जीवनमा खुसीको पुर्नवाहली हुन्छ ।
कहानीमा मोड त्यतिबेला आउँछ जब माया घरको सबै सामान बेचेर आफ्ना ती अपरिचित प्रेमीको खोजीमा निस्किन्छिन् । त्यसपछि मायालाई के हुन्छ त्यो प्रश्न ट्रेलरले दर्शकको मनमा उब्जाइदिन्छ । फिल्म आउँदो जून २ तारिखमा रिलिज हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा सचिव पौडेलद्वारा डा. केसीसँग अनौपचारिक संवाद
-
दुध अभावमा तीन महिनादेखि चितवन मिल्क बन्द
-
प्रहरी हुँ भन्दै रासबिता ट्राभल्समा पसेर कर्मचारीमाथि दुर्व्यवहार गरेको आरोप
-
यसरी बाहिरिएको थियो त्रिवि एमबीएसको प्रश्नपत्र
-
लुम्बिनीमा सत्ता फेरबदल : कांग्रेस बाहिरिँदै, बजेट संशोधन गर्ने नेकपाको अडान
-
हिमालयन १०० एडिसन–३ चेसको उपाधि सन्देशलाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण