शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

किरा लागेपछि किसान चिन्तित

शनिबार, २३ वैशाख २०७४, १४ : ०९
शनिबार, २३ वैशाख २०७४

बाजुरा, २३ वैशाख । तरकारी र आलुखेतीमा किरा लागेपछि किसान चिन्तित बनेका छन् । बारीमा लगाएको आलु, काउलीलगायतमा रोगकिरा लागेर तरकारी कुहिन थालेपछि किसान चिन्तित बनेका हुन् । सदरमुकाम मार्तडी नजिक भएका कारण आलु लगाए पनि किराले सखाप पारेको गडखेतका पारु रावलले बताए । उहाँले गहुँखेती छाडेर आलुखेती गर्नुभएको हो । “किरा लागेर बीउको मूल्य समेत आउने अवस्था छैन्,” उनले भने गडखेतकै बिन्दा कठायतलगायत १८ परिवारले लगाएको तरकारीमा किरा लागेर सखाप पारेको छ ।

उनीहरुले जिल्ला कृषि विकास कार्यालयमै गएर रोग लागेको बारेमा जानकारी गराउँदा पनि त्यसको सुनवाइ नभएको किसानको गुनासो छ । “समस्या बुझ्ने कोही छैनन्, अब कहाँ गएर गुनासो गर्नु ?,” कठायतले भने ।

किसानले लगाएको प्याज, धनिया र लसुनबाहेक सबै जसो तरकारीमा रोगकिरा लागेको स्थानीय जङ्ग रावलले बताए ।

बडिमालिका नगरपालिका– ८ गडखेतका स्थानीयवासीले तरकारी खेतीबाटै जीवन निर्वाह गर्दैआएका छन् । जिल्ला कृषि विकास कार्यालका वरिष्ठ कृषि विकास अधिकृत डा रामकृष्ण श्रेष्ठले किसानलाई ‘एकीकृत शत्रुविज’ व्यवस्थापन विधि सिकाएकाले धेरैजसो समस्या समाधान आफै गर्नसक्ने बताए ।

गाईवस्तुको पिसाब सङ्कलन गरी विविन्न वनस्पतिसँग कुहाएर बारीमा छर्केपछि धेरै रोग हट्ने उनको भनाइ छ ।

रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप