सासू र छोरीसहित ‘बाहुबली टु’ हेर्न पुगिन् हिमानी
शनिबार, २३ वैशाख २०७४, १४ : ४५
काठमाडौं, बैशाख २३ – पूर्व युवराज्ञी हिमानी शाह सासू कोमल शाह र छोरी पूर्णीकासँग ‘बाहुबली टु’ हेर्न हलसम्म पुगेकी छिन् ।
शुक्रबार बेलुका विकेन्ड मनाउने हिसाबले हिमानी सुन्धारास्थित सिटिसी मलमा उक्त फिल्म हेर्न पुगेकी हुन् ।
विश्वव्यापी रुपमा निकै चर्चा बटुलिरहेको उक्त फिल्मको नेपालमा पनि ठूलै क्रेज छ । यसबाट पूर्व शाही खानदान पनि अछुतो रहन सकेन ।
फिल्म हेर्न उनीहरुले पूरै शो नै बुक गरेका थिए वा अन्य दर्शकसँगै बसेर फिल्म हेरे त्यो भने स्पष्ट हुन सकेको छैन ।
पूर्व शाही परिवार फिल्म हेर्न हलसम्मै पुगेको खबर योभन्दा पहिले सार्वजनिक भएको छैन ।
विश्वभरी ९ हजार स्क्रिनमा गत शुक्रबार रिलिज भएको यो चलचित्रले एक हप्ताभित्रै ८ सय ६० करोड भारुको कमाई गरेसँगै भारतीय सिनेमाको नम्बर १ ‘ब्लकबस्टर’ बनेको छ ।
तस्बिरः राजकुमार थापा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यमन द्वन्द्वको ‘कुनै सैन्य समाधान छैन’ : इरानी विदेशमन्त्री
-
शिक्षा सचिव पौडेलद्वारा डा. केसीसँग अनौपचारिक संवाद
-
दुध अभावमा तीन महिनादेखि चितवन मिल्क बन्द
-
प्रहरी हुँ भन्दै रासबिता ट्राभल्समा पसेर कर्मचारीमाथि दुर्व्यवहार गरेको आरोप
-
यसरी बाहिरिएको थियो त्रिवि एमबीएसको प्रश्नपत्र
-
लुम्बिनीमा सत्ता फेरबदल : कांग्रेस बाहिरिँदै, बजेट संशोधन गर्ने नेकपाको अडान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण