सुशीलाको पक्षमा फैसला आएपछि माइतीघरमा भेला भए कानुन व्यवसायी
काठमाडौं, बैशाख २३ – कानुन व्यवसायीहरुले न्यायपालिकामाथि प्रहार गर्ने काम भएको र त्यसले न्याय मर्ने अवस्था श्रृजना भएको भन्दै न्यायपालिका र लोकतन्त्रलाई बचाउ अभियान सुरु गरेका छन् ।
न्यायपालिका र लोकतन्त्र बचाउ अभियान अन्र्तगत कानुन व्यवसायीले प्रतिशोधपूर्ण महाअभियोग विरुद्ध नागरिक संजाल नामको व्यानरमा शनिबार राजधानीमा एक कार्यक्रम गरे । अदालतले न्यायिक काम गर्दा सोही विषयवस्तुलाई लिएर प्रधानन्यायाधीश शुशिला कार्की विरुद्ध महाअभियोग लगाएको विरोध र त्यस बारेको रिटमा शुक्रबार सर्वोच्च अदालतले गरेको अन्तरिम आदेशको समर्थनमा उनीहरूले राजधानीका माईतीघर मण्डलामा भेला भएर प्रर्दशन गरेका हुन् ।
मण्डलामा भएको विरोध प्रर्दशनलाई सम्बोधन गर्दै कानुन व्यवसायीहरुले स्वतन्त्र न्यायपालिका माथि हस्तक्षेप रोक्दै महाअभियोगको विषय टुंग्याएर अघि बढ्न सुझाव दिएका छन् । बरिष्ठ अधिवक्ता शम्भु थापाले संविधानको व्याख्या गर्ने अधिकार न्यायलयको भएकाले थप विवाद नगरी विषय लाई टुंग्याएर जानुपर्ने सुझाव दिए ।
न्यायपालिका र लोकतन्त्र बचाउ अभियानका अध्यक्ष वरिष्ठ अधिवक्ता श्रीहरि अर्यालले प्रजातन्त्र खतरामा पार्ने षडयन्त्र अनुरुप न्यायपालिकामाथि हस्तक्षप गर्ने काम भएको र त्यसले न्याय मर्ने अवस्था श्रृजना गरेकाले आफुहरु आन्दोलित भएको बताए ।
कानुन व्यवसायी सुरेन्द्र भण्डारीले न्यायपालिकालाई स्वतन्त्र बनाई कार्यपालिका , व्यवस्थापिका र न्यायपालिकाले एक अर्काको अधिकार खोस्नु हुदैन भन्ने सन्देशका साथ न्याय बनाउ अभियान सुरु गरिएको बताए ।
अधिकांश कानुन व्यवसायीको उपस्थिति रहेको न्यायपालिका र लोकतन्त्रलाई बचाउ अभियानमा विभिन्न पेशामा संलग्न नागरिक पनि सहभागि थिए । सर्वोच्च अदालतले महाअभियोग प्रस्ताव अघि नबढाउन सरकारलाई अन्तरिम आदेश दिएपछि सत्तारुढ दलले संसदको विशेषाधिकार हनन भएको भन्दै पुनरावलोकनका लागि निवदेन दिने तयारी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा सचिव पौडेलद्वारा डा. केसीसँग अनौपचारिक संवाद
-
दुध अभावमा तीन महिनादेखि चितवन मिल्क बन्द
-
प्रहरी हुँ भन्दै रासबिता ट्राभल्समा पसेर कर्मचारीमाथि दुर्व्यवहार गरेको आरोप
-
यसरी बाहिरिएको थियो त्रिवि एमबीएसको प्रश्नपत्र
-
लुम्बिनीमा सत्ता फेरबदल : कांग्रेस बाहिरिँदै, बजेट संशोधन गर्ने नेकपाको अडान
-
हिमालयन १०० एडिसन–३ चेसको उपाधि सन्देशलाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण