एक सय बढी निलगाई फेला
शनिबार, २३ वैशाख २०७४, १४ : ५२
गौशाला, वैशाख २३ - महोत्तरी जिल्लाको दक्षिणपश्चिम सीमानाकामा अवस्थित आधा दर्जन गाउँमा एक्कैसाथ एक सय भन्दा बढी निलगाई फेला परेको छ ।
स्थानीय बासिन्दाकाअनुसार जिल्लाको मनरा, एकडारा, इटहर्वाकट्टी, भोलही, पोखरभिन्डा, सम्सीलगायतका गाउँमा दुर्लभ वन्यजन्तुको रुपमा रहेको निलगाई एकसय भन्दा बढीको सङ्ख्यामा देखिएका छन् ।
यसअघि कहिले नदेखिएको गाईजस्तो तर निलोरङ्गको ती जनावर एक्कासि ती गाउँको वनमा आएपछि गाउँले ती जनावरलाई हेर्नका लागि वनमा ओइरो लागेको इटहर्वाका देवेन्द्र ओझाले बताए ।
एकसय भन्दा बढीको सङ्ख्यामा रहेको निलगाई त्यस क्षेत्रका वनमा लगाइएको तरकारी बालीमा हुलका हुल गरेर सबै तरकारी खाइदिने, उखु र अन्य फलफूल खाइदिने र नष्ट पारिदिने गरेको मनराका रामदिनेश चौधरीले बताए ।
सीमावर्ती क्षेत्रका आधा दर्जन गाउँमा फेला परेका निलगाई वनको सबै बालीनाली नष्ट गर्नमा लागेका छन् भने ती जनावरलाई धपाउनका लागि जाने मानिसहरुलाई देख्ने बित्तिक्कै भाग्ने गरेको छ ।
दुई÷चार दिनदेखि त्यसक्षेत्रका मनरा, भोलही, पोखरभिन्डा, एकडारा, इटहर्वाकट्टी, सम्सीलगायतका विभिन्न वनमा दौडादौड मचाएको र छवटै गाउँका वनमा लगाइएको बालीनाली नष्ट पारिरहेको सम्सीका विजय साहले बताए ।
गर्मीयाम आउने वित्तिकै जिल्लाको माथिल्लो भागमा रहेको वन जङ्गलमा डढेलो, चोरी सिकारी जस्ता क्रियाकलापले तीव्रता पाएका कारण दुर्लभ वन्यजन्तु निलगाई महोत्तरीको तल्लो क्षेत्रतिर आएको स्थानीयवासी बताउँछन् । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा सचिव पौडेलद्वारा डा. केसीसँग अनौपचारिक संवाद
-
दुध अभावमा तीन महिनादेखि चितवन मिल्क बन्द
-
प्रहरी हुँ भन्दै रासबिता ट्राभल्समा पसेर कर्मचारीमाथि दुर्व्यवहार गरेको आरोप
-
यसरी बाहिरिएको थियो त्रिवि एमबीएसको प्रश्नपत्र
-
लुम्बिनीमा सत्ता फेरबदल : कांग्रेस बाहिरिँदै, बजेट संशोधन गर्ने नेकपाको अडान
-
हिमालयन १०० एडिसन–३ चेसको उपाधि सन्देशलाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण