शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

बुबाआमाको स्मृतिमा सन्त विश्रामगृह निर्माण

शनिबार, २३ वैशाख २०७४, १४ : ५५
शनिबार, २३ वैशाख २०७४

दाङ, वैशाख २३- दाङको घोराही उपमहानगरपालिका– १४ झिगौरामा व्यक्तिगत लगानीमा निर्माण भएको सन्तविश्राम तथा अतिथि गृहस्वर्गद्वारी आश्रमलाई हस्तान्तरण गरिएको छ ।

घोराही भरतपुर निवासी धु्रवकुमार श्रेष्ठले आफ्ना बुबाआमा स्वर्गीय भुपेन्द्रश्वर श्रेष्ठ र विष्णुकुमारी श्रेष्ठको स्मृतिमा निर्माण गरिएको गृह शुक्रबार हस्तान्तरण गरिएको हो । स्वर्गद्वारी आश्रम प्यूठानको मौजा झिगौरामा रु २५ लाखको लगानीमा निर्माण गरिएको उक्त गृह श्रेष्ठले स्वर्गद्वारी आश्रमका प्रमुख मठाधीश भागवतानन्द गिरीलाई हस्तान्तरण गरेका हुन् । श्रेष्ठ परिवारलाई स्वर्गद्वारी आश्रमले सम्मानपत्र प्रदान गरेको छ ।

तीन कोठे सन्त विश्राम तथा अतिथि गृहमा दुई कोठामा सन्त बासबस्ने र अतिथिका आठ वटा बेडको व्यवस्था गरिएको छ । तीर्थवर्तमा मानिसको आकर्षण भइरहँदा उनीहरुको सहजताका लागि भवन निर्माण गरिएको श्रेष्ठ परिवारको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप