शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

स्वास्थ्य इटहरी नाराको साथ इटहरी रन शुरु

शनिबार, २३ वैशाख २०७४, १५ : ०१
शनिबार, २३ वैशाख २०७४
इटहरी, बैशाख २३– स्वास्थ्य इटहरी नाराको साथ इटहरी रन शुरु भएको छ । इटहरी स्थित एरिना टेलिभिजनको आयोजनामा प्रत्येक शनिबार बिहान इटहरी रन अभियान शुरु भएको हो । हप्ताको शनिबार बिहान ७ देखी इटहरीका सम्पूर्ण क्षेत्रका व्यक्तिहरु सहभागी भएर दौडमा सहभागीता जनाउने छन । अभियानको पहिलो दिन रोट्रयक क्लब र स्थानियवासीहरुको सहभागीतामा इटहरी रनको शुरुवात गरिएको थियो । इटहरी ९ स्थित हाटखोलाबाट जुटबिकास चौक सम्म २ किलोमिटरको रन पहिलो अभियानमा सञ्चालन आएको हो । क्रमश सहभागीताको संख्याको आधारमा ५ किलोमिटर सम्म रन आयोजना गर्ने बताइएको छ । पहिलो दिन ३२ जनाले इटहरी रनमा सहभागी जनाएका थिए । रनलाई नेपालका चर्चित फुटबल खेलाडी सुरेन्द्र तामाङ्गले रेफ्री गरेका थिए । इटहरीमा रहेका सबै क्षेत्रका व्यक्तिहरुको स्वास्थ्यलाई ध्यानमा राखेर बिदाको दिन एक घण्टा दौडमा सहभागी बनाउन र बानी बासाल्न इटहरी रनको आयोजना गरिएको टेलिभिजनका प्रमुख समिर कार्कीले जानकारी दिएका छन । अबको शनिबार इटहरीका व्यवसायी र संघसंस्थाकाको सहभागीतामा रन आयोजना गरिने उनले बताए । पहिलो दिनको रनमा रोट्रयक क्लबका १० जना प्रतिनिधिको उपस्थिति रहेको थियो । साथै स्थानियवासी र बालबालिकाहरुको समेत रनमा सहभागी बनेका थिए । एरिना टेलिभिजनले इटहरीको स्वास्थ्यलाई दौडको माध्यमबाट जोड्ने कार्यको सबैले स्वागत गरेका थिए । यस्ता कार्याक्रम इटहरीमा निरन्तर्ता हुन आबश्यक रहेको दौडमा सहभागी भएकाहरुले बताएका छन । इटहरी रनलाई एरिना टेलिभिजनका प्रमुख समिर कार्कीले दौडीएर उदघाटन गरेका थिए । भोलीका दिनहरुमा इटहरी रनलाई एउटा राम्रो अभियानको रुपमा इटहरीमा माझ जोड्ने कार्कीको भनाई थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप