यस्तो छ ‘माओवादी केन्द्र’ काठमाडौँ महानगरको प्रतिवद्धतापत्र
काठमाडौँ, वैशाख २३– नेकपा माओवादी केन्द्रबाट काठमाडौँ महानगरपालिकाका प्रमुख पदका उम्मेदवार सर्वोत्तमदास डङ्गोलले आज आफ्नो प्रतिवद्धतापत्र सार्वजनिक गरेका छन् ।
आज आयोजित पत्रकार सम्मेलनमा उहाँले काठमाडौँमा रहेको अव्यवस्थित सवारी साधनलाई नियमन गरेर ठूला ठूला बस चलाउने आफ्नो एजेन्डा रहेको बताए ।
दलीय संयन्त्रको सदस्यको रुपमा आफ्नै पहलमा काठमाडौँ महानगरपालिकाले साझा बस चलाउनका लागि रु दश करोड छुट्ट्याएको जानकारी दिँदै उनले हाल उपत्यकामा ३८ वटा ठूला बस चलेको र त्यसलाई निरन्तर रुपमा अगाडि बढाउने तथा काठमाडौँ उपत्यकामा रहेका साना सवारी साधन व्यवस्थित गरिने कार्यलाई प्राथमिकता दिइने बताए ।
कुल ३९ बुँदे प्रतिवद्धतापत्र सार्वजनिक गर्दै प्रमुखका उम्मेदवार डङ्गोलले उज्यालो नेपाल अभियानलाई अगाडि बढाउँदै राजधानीमा विद्युतीय ट्रली बस चलाउने, महानगरका सडक खाल्डाखुल्डीरहित बनाउने, महानगरभित्र निर्माण भएका मापदण्ड विपरितका घरहरुको प्रमाणीकरण गर्ने, अव्यवस्थित सहरीकरण अन्त्य गर्ने र भूउपयोग नीति लागू गर्ने प्रतिवद्धतापत्रमा उल्लेख छ ।
काठमाडौँ उपत्यकामा जापानी प्रविधिको मेट्रो रेल चलाउन सकिने भन्दै उनले एकाध वर्षमा हुननसक्ने हवाई कल्पनाको पक्षमा आफू र आफ्नो पार्टी नरहेको बताए ।
महानगरभित्र उचित ढल निकासको प्रबन्ध गर्ने, जमिनमुनीको पानीको उचित प्रयोग गर्दै रिचार्ज गर्ने प्रणालीको विकास गर्ने, फोहोरबाट बिजुली ग्यास निकाल्ने र कम्पोस्ट मल कारखाना स्थापना गरी कृषि क्षेत्रको विकासमा जोड दिने लक्ष्य राखिएको जानकारी दिँदै उनले ढलको पानी प्रशोधन गरेर मात्रै नदीमा खसाल्ने प्रणालीको विकास गरिने आफ्नो प्रतिवद्धतापत्रमा उल्लेख गरिएको बताए ।
काठमाडौँ महानगरपालिकालाई पूर्णरुपमा स्मार्ट सिटी बनाउने आफ्नो पार्टीको योजना रहेको छ, डङगोलले भने – महानगरमा एक उच्च प्रविधिको सहरी पुस्तकालय, महानगरमा निःशुल्क वाइफाइको व्यवस्था तथा ज्येष्ठ र गरिबीको रेखामुनी रहेका नागरिकलाई जीविकोपार्जन गर्नसक्ने गरी आजीवन भत्ताको व्यवस्था गरिने जानकारी दिए ।
स्वास्थ्य सेवा आम नागरिकलाई सहज एवम् सर्वसुलभ बनाउने, महिला तथा युवालाई स्वरोजगारका लागि अभिप्रेरित गर्ने निःशुल्क तालिम तथा अन्य सीपमूलक प्रविधि हस्तान्तरण गर्ने योजना रहेको उनले जानकारी दिए ।
युवालाई पढाइका साथै अल्पकालीन रोजगारीको व्यवस्था गरिने, सहरी स्वयम्सेवक परिचालन गर्ने, काठमाडौँ महानगरलाई अरु नगरसँग जोडेर मेगा सिटी बनाउने, प्रत्येक ६÷६ महिनामा स्थानीय सरकारको मूल्याङ्कन गर्ने र जनताको कठघरामा उभिने प्रणालीको विकास गर्ने तथा अनियन्त्रित फुटपाथ व्यवस्थित गर्ने योजना रहेको डङगोलको भनाइ छ ।
पत्रकार सम्मेलनमा उपप्रमुखका उम्मेदवार सुशीला पौडेलले लोडसेडिङको अन्त्यपछि काठमाडौँमा आफूहरु र आफ्नो पार्टीप्रति जनताको विश्वास बढेको भन्दै नयाँ नेपालको सपना साकार हुने बताइन् ।
यो निर्वाचन विगतको जस्तो स्थानीय निकायको निर्वाचन नभई सिंहदरबारमा रहेको अधिकारलाई जनताको घरआँगनमा पुग्ने भएकाले विशेष महत्वको रहेको उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा सचिव पौडेलद्वारा डा. केसीसँग अनौपचारिक संवाद
-
दुध अभावमा तीन महिनादेखि चितवन मिल्क बन्द
-
प्रहरी हुँ भन्दै रासबिता ट्राभल्समा पसेर कर्मचारीमाथि दुर्व्यवहार गरेको आरोप
-
यसरी बाहिरिएको थियो त्रिवि एमबीएसको प्रश्नपत्र
-
लुम्बिनीमा सत्ता फेरबदल : कांग्रेस बाहिरिँदै, बजेट संशोधन गर्ने नेकपाको अडान
-
हिमालयन १०० एडिसन–३ चेसको उपाधि सन्देशलाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण