उपेन्द्र यादवलाई अर्को झड्का, चुनावमा जाँदा पर्यो महंगो
काठमाडौ वैशाख २३–राष्ट्रिय जनता पार्टी नेपालले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाबाट एक्ल्याएको संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई अब संघीय गठबन्धनबाट पनि एकल्याउने तयारी भइरहेको छ ।
उपेन्द्र यादव स्वयं संयोजक रहेको गठबन्धनमा आबद्ध आदिवासी जनजातिहरुसँग राजपा नेपालका नेताहरुले अहिले छलफल गर्दैछन् । कुरा मिल्यो भने उपेन्द्र यादव बाहेकको अर्को गठबन्धन पनि निर्माण सक्ने राजपाका एक नेताले बताए । ती नेताले चुनावमा गएर उपेन्द्र यादवले धोका दिए भन्दै अब गठबन्धनबाट पनि अलग गर्ने बताए ।
संघीय गठबन्धनमा मधेशी मोर्चाबाहेक अन्य आदिवासी जनजातिहरुको संगठन तथा पार्टी नै थियो । उपेन्द्र यादवले पहिलो चरणको चुनावमा भाग लिएको कारण गठबन्धनमा रहेका आदिवासी जनजातिहरु पनि असन्तुष्ट रहेको बताइन्छ । २९ दल रहेको सो गठबन्धनमा छ सात दलको मोर्चा सहभागि थियो त्यसमध्ये छ दलको छुट्टै पार्टी राजपा नेपाल गठन भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा सचिव पौडेलद्वारा डा. केसीसँग अनौपचारिक संवाद
-
दुध अभावमा तीन महिनादेखि चितवन मिल्क बन्द
-
प्रहरी हुँ भन्दै रासबिता ट्राभल्समा पसेर कर्मचारीमाथि दुर्व्यवहार गरेको आरोप
-
यसरी बाहिरिएको थियो त्रिवि एमबीएसको प्रश्नपत्र
-
लुम्बिनीमा सत्ता फेरबदल : कांग्रेस बाहिरिँदै, बजेट संशोधन गर्ने नेकपाको अडान
-
हिमालयन १०० एडिसन–३ चेसको उपाधि सन्देशलाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण