शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

मानव कल्याणका लागि बौद्धदर्शनको महत्व छ – उद्योगमन्त्री

शनिबार, २३ वैशाख २०७४, १५ : ४४
शनिबार, २३ वैशाख २०७४

काठमाडौँ, २३ वैशाख । महिला बौद्ध समूहले २५६१ औँ बुद्वजयन्तीका उपलक्ष्यमा बुद्धको प्रतिमासहित आज शोभा यात्रा गरेको छ । काठमाडौँको टेकुस्थित बुद्धबारीबाट सुरु भएको सो यात्रा जैशीदेवल, गणेशस्थान, वसन्तपुर, यङ्गाल, लगन हुँदै समारोहस्थलमा आएको थियो । सो अवसरमा उद्योगमन्त्री नवीन्द्रराज जोशीले बुद्धले प्रतिपादन गरेको बौद्ध दर्शन तथा उपदेश समग्र मानवकल्याणका लागि आवश्यक रहेको बताए । उहाँले बौद्ध साहित्यमा महिला सशक्तिकरणका लागि समेत शिक्षा उपलब्ध गराइएको स्मरण गर्दै महिला बौद्ध समूहले विभिन्न समयमा सामाजिक गतिविधि सञ्चालन गर्दै आएकोमा त्यसको सराहना  गरे । नेपाली काँग्रेसका युवा नेता शैलेस शाक्यले नेपालमा जन्मेका बुद्धले विश्वलाई शान्ति र अहिंसाको शिक्षा दिएको बताउँदै स्वदेशमा पनि बौद्ध शिक्षाको महत्वलाई बढाउनपर्नेमा जोड दिए । महिला बौद्ध समूहको विकासमा योगदान पु¥याउने संस्थापक अध्यक्ष श्रीमिला सुवाल, समाजसेवी ज्ञानदेवी शाक्यलगायत १५ जनालाई सो कार्यक्रममा सम्मान गरिएको थियो । सो संस्थाले विभिन्न समयमा बौद्ध गतिविधि सञ्चालन गरी बुद्धको शिक्षा तथा उपदेशलाई समाजमा फैलाउने गरेको अध्यक्ष सुवालले जानकारी गराउनुभयो । यही वैशाख २७ गते बुद्धजयन्ती परेको छ ।

रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप