शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

१४ वर्षे बालिकालाई विवाह गराइदिन खोज्दा ...

शनिबार, २३ वैशाख २०७४, १६ : ०६
शनिबार, २३ वैशाख २०७४
कपिलवस्तु, वैशाख २३– बालविवाह कानूनी रुपमा अपराध भएको थाहा हुँदा हुँदै पनि अझै बालविवाह रोकिएको छैन । मधेसका जिल्लाहरुमा बालविवाह कायमै छ । कपिलवस्तुस्थित साबिकको सौराहा गाविस– ९ अकबरपुर (हाल कपिलवस्तु नगरपालिका–१२) बस्ने लक्ष्मण यादवले आफ्ना १४ वर्षीया छोरी सञ्जुलाई विवाह गरिदिने तयारी गर्दै थिए । यादवले बालिका छोरीलाई जिल्लाकै साबिक भगवानपुर गाविस–५ (हालः कृष्णनगर नगरपालिका–१२ हथिहवागढ)का केटोसँग विवाह गर्ने तयारी गरेका थिए । कानून विपरित बालिका छोरीको विवाह गराइदिन खोजको भन्दै प्रहरीमा उजुरी परेपछि प्रहरी निरीक्षक नबिन श्रेष्ठको कमाण्डमा प्रहरी टोली शुक्रबार साँझ लक्ष्मणको घर पुग्यो । शुक्रबार उनकै घरबाट पक्राउ गरी प्रहरी कार्यालय ल्याइएका यादवलाई विवाह गर्ने उमेर नपुग्दासम्म छोरीको विवाह नगराइदिने सम्झौता गराई शनिवार छाडिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप