बङ्गुरपालनबाट मासिक दुई लाख आम्दानी
बनियानी (झापा), २३ बैशाख । स्वदेशमा आम्दानीको भरपर्दो स्रोत नभएको भन्दै विदेशी भूमिमा आफ्नो श्रम र सीप खर्चने युवाको कमी छैन । रोजगारका लागि दैनिकजसो विदेश जानेको सङ्ख्या बढ्दै गएको छ । विदेशमा श्रम गरेर आर्जन गरेको रकमले स्वदेशमै उद्यमी बन्ने युवा अहिले बढ्दै गएका छन् । विदेशबाट फर्किएपछि कसैले उद्योग, कसैले व्यापार त कसैले कृषिलाई आफ्नो जीविकोपार्जनको माध्यम बनाएका छन् । त्यसैबाट उनीहरु नाम र दाम कमाउन सफल भएका छन् । विदेशको आम्दानीलाई स्वदेशमा लगानी गरेर कमल गाउँपालिका–३ तोपगाछीका रितु भण्डारी बङ्गुरपालनको माध्यमबाट मनग्य आम्दानी गर्न सफल भएका छन् । विसं २०५३ मा १७ वर्षको उमेरमा रितु श्रम गर्न कतार जानुभयो । करिब २७ महिना कतारको बसाइ पछि उनी स्वदेश फर्किए । कतारमा सोचे अनुसारको आम्दानी नभएपछि उहाँ पुनः मलेसिया गए । मलेसियाबाट फर्केपछि उहाँले बङ्गुरपालन व्यवसाय रोजे ।
भण्डारीले रू २५ लाखको लगानीमा लक्ष्मी बङ्गुर फार्म सञ्चालन गरे ।
सुरुमा उहाँले ४० वटा माउ बङ्गुर खरीद गरेर पाठापाठी उत्पादन सुरु गरे ।
बङ्गुरपालनबाट छोटो समयमा मनग्य आम्दानी लिन सकिन्छ भन्ने बुझेर नै व्यवसाय थालेको उनको भनाइ छ । एक पटकमा एउटा माउ बङ्गुरले १६÷१७ वटा पाठापाठी पाउने गरेको उनी बताउनुहुन्छ ।
भण्डारीले अहिले मासिक रू चार लाख बराबरको पाठापाठी बेच्ने गर्नुभएको छ । “मासिक रु दुई लाख आम्दानी हुन्छ,” उनले भने । उहाँले उत्पादन गरेका पाठापाठी अहिले भारतको सिक्किम, दार्जिलिङ, खर्र्साङलगायत ठाउँका व्यापारीले खरिद गर्ने गरेका छन् । “पाठापाठी खरिद गर्न अहिले व्यापारी घरमै आउँछन्,” उनले भने । उहाँले फार्ममा हेमयार र ड्यूर उन्नत जातका बङ्गुरको पाठापाठी उत्पादन हुन्छ ।
पाठापाठी प्रतिओटा रू चार हजार सम्ममा बिक्री हुने गरेको भण्डारीले बताए ।
उहाँको फार्ममा दुई जनाले रोजगारी समेत पाएका छन् ।
सरकारले विदेशमा आफ्नो श्रम खर्चिरहेका युवालाई स्वदेशमै काम गर्ने वातावरण बनाउनुपर्ने बताए । “सरकारले व्यवसाय सञ्चालन गर्न युवालाई सहुलियतमा ऋण दिनुपर्छ,” उनले भने ।
पहुँच हुनेले किसानको नाममा सुविधा उपभोग गरिरहेकाले सरकारले अगुमन गरी वास्तविक किसानलाई राहत दिनुपर्ने भण्डारीको भनाइ छ ।
भण्डारीले यस वर्ष जिल्ला पशु सेवा कार्यालयबाट ‘बङ्गुर व्यवसाय प्रबद्र्धन कार्यक्रम’अन्तर्गत रु एक लाख अनुदान पाएका छन् ।
रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा सचिव पौडेलद्वारा डा. केसीसँग अनौपचारिक संवाद
-
दुध अभावमा तीन महिनादेखि चितवन मिल्क बन्द
-
प्रहरी हुँ भन्दै रासबिता ट्राभल्समा पसेर कर्मचारीमाथि दुर्व्यवहार गरेको आरोप
-
यसरी बाहिरिएको थियो त्रिवि एमबीएसको प्रश्नपत्र
-
लुम्बिनीमा सत्ता फेरबदल : कांग्रेस बाहिरिँदै, बजेट संशोधन गर्ने नेकपाको अडान
-
हिमालयन १०० एडिसन–३ चेसको उपाधि सन्देशलाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण