शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

निकै पातली मोडलमाथि कानूनले लगायो प्रतिबन्ध

शनिबार, २३ वैशाख २०७४, १६ : १७
शनिबार, २३ वैशाख २०७४

बीबीसी

बैशाख २३ – फ्रान्सले एनोरेक्सिया नामको रोगबाट लड्नका लागि एक नयाँ कानून पास गरेको छ । अब फेसन मोडलले एक डाक्टरबाट प्रमाणित सर्टिफिकेट जम्मा गर्नुपर्ने हुन्छ जसमा उनीहरुले आफ्नो स्वास्थ्यसँग जोडिएका हरेक जानकारी दिनुपर्ने हुन्छ । यसमा बडी मास इन्डेक्सलाई विशेष महत्व दिइएको हुन्छ जुन उचित लम्बाई र तौल नाप्ने एक तरिका हो ।

अर्थात् आवश्यकभन्दा बढि पातली मोडल अब फेशन इभेन्टमा भाग लिन पाउँदैनन् ।

साथै, डिजिटल रुपमा राम्रा बनाइएका तस्बिरमा लेबन लगाउनुपर्ने हुन्छ ।

फ्रान्स सरकारमा सामाजिक एवं स्वास्थ्य मामलाकी मन्त्री म्यारिसल टुअरेनले यस मुद्दामा आफ्नो बयान दिएकी छिन् ।

उनले स्ट्यान्डर्ड र झुटा तस्बिरहरु माथि युवालाई डिप्रेशनको शिकार बनाउँछ र उनको आत्मविश्वासमाथि चोट पुग्ने गर्दछ ।

यो कानूनको पुरानो संस्करणमा न्यून बिएमआईको कुरा गरिएको थियो जसका कारण मोडलले प्रदर्शन पनि गरेका थिए ।

तर यो बिलमा बिएमआईको मुद्दामा डाक्टरलाई तय गर्ने अधिकार दिइएको छ ।

यो कानून उल्लंघन गर्ने कम्पनीमाथि ७५ हजार युरोको जरिवाना साथै ६ महिनासम्मको जेल सजायँको प्रावधान रहेको छ ।

फ्रान्सभन्दा पहिले इटाली, स्पेन र इजराइलले पनि यस्तो प्रकारको कानून पास गरिसकेको छ ।

फ्रान्समा एनोरेक्सियाबाट प्रभावित मानिसहरुको संख्या ३० देखि ४० हजारको बिच छ जसमा ९० प्रतिशत महिला छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप